22 जुन आइतबार; पान्जाबारी , गुवाहाटी: अखिल असम गोर्खा छात्र संघ(आग्सु ) केन्द्रीय समितिको उद्योगमा “विशेष अभिनन्दन एवं सम्मान समारोह” गुवाहाटी स्थित श्रीमन्त शंकरदेव कलाक्षेत्रको डा० वाणिकान्त काकति प्रेक्षागृहमा आयोजित हुन्छ, आजको यस विशेष अभिनन्दन उ सम्मान समारोह सभालाई सभापतित्व गर्नु आग्सु’का स्थायी सभापति श्रीमान सुनील छेत्रीज्यूले र सन्चालनको दायित्व पालन गर्नुहुन्छ मूल सचिव श्रीमान नुमल छेत्रीज्यूले,सुमधुर सरस्वती बन्दनाको साथ सामुहिक राष्ट्रिय संगीत द्वारा शुभारम्भ हुन्छ,
आजको यस विशेष अभिनन्दन उ सम्मान समारोहको मुख्य अतिथिको रुपमा असम सरकारका सम्माननीय शिक्षा मंत्री डा० रनोज पेगुज्यू, विषेश सम्माननीय अतिथिको रुपमा असम सरकारका केविनेट मंत्री श्रीमान विमल बडाज्यू,असम लोकसेवा आयोगका सम्माननीय अध्यक्ष श्रीमान देवराज उपाध्याय ज्यू,असम गोर्खा उन्नयन परिषदका सम्माननीय अध्यक्ष श्रीमान प्रेम तामाङज्यू, पूर्व आग्सु सभापति श्रीमान भाष्कर दाहालज्यू ,जि.ए.डि.सि अध्यक्ष पूर्व सभापति श्रीमान हर्क बाहादुर छेत्रीज्यू , प्राक्तन सभापति श्रीमान जगदिश खनाल ज्यू र धेरै गन्यमान्य अतिथि,
आग्सुको इतिहासमा पहिलो पटक संग्रामी धाराका प्रयात भुतपूर्व प्रयात सभापति क्रमशः स्वर्गीय तोयनाथ दाहाल स्मृति सम्मानका लागि राजनीतिक क्षेत्रमा असमेली गोर्खा हरूको लागी आफ़्नो सर्वोच्च त्याग र जीवनको योगदानको लागी सम्माननीय श्रीमान पदम बाहादुर चौहानज्यु, असमीया र गोर्खा भाषाको साहित्य-सास्कृतिक क्षेत्रमा आफ्नो उत्कृष्ट धुन-स्वर सृष्टि द्वारा राष्ट्रिय पुरस्कार प्रापक श्रीमान युद्थवीर राणाज्यूलाइ स्वर्गीय चुडामणि शर्मा स्मृति सम्मान द्वारा सम्मानित गर्नको साथै अन्तराष्ट्रिय पौडि खेलमा आफ्नो अदम्य प्रदर्शन गरी असमको नाम अन्तराष्ट्रिय मंचमा पुर्याएका लागी श्रीमान बाबुल गुरुङज्यूलाइ स्वर्गीय रामचरण चौहान स्मृति सम्मान प्रदान गरिन्छ। त्यस पछिनै २०२४-२०२५ वर्षको उच्च माध्यमिक र उच्चतर माध्यमिक परीक्षामा सुख्यातीका साथ ९०% अंक प्राप्त गरेर उत्तीर्ण हूनु भएको प्राय ८४जना कृति छात्र-छात्रा, असम प्रशासनिक लोक सेवाको परीक्षामा १८जना विषयाको रुपमा सफलताको साथ उतीर्ण भइ गोर्खाली समाजमा शिर उच्च पार्नु सक्षम हुनुभएका हाम्रा गौरव, स्वास्थ्य सेवा क्षेत्रमा ब्रती भयेर एम.बि.बि.एस डिग्री प्रापक १६जना, विभिन्न शैक्षिक विषयमा अनुसन्धान शोध गरी १८जना डक्टरेट उपाधी प्रापक शिक्षार्थी, अन्त्यमा अन्तराष्ट्रिय मंचमा प्रत्येक भारतीय र असम राज्यको नाम उज्यालो पारेर “ब्रिटेन गट टेलेन्ट”को मंचमा द्वितीय उपविजयी खिताब अर्जन गरेर असम सुकन्या शुश्री विनीता छेत्रीलाइ र युवा वैज्ञानिक डा० सागर भट्टराईज्युलाइ “विशेष सम्मान” गरिन्छ “विशेष अभिनन्दनमा फुलबुट्टे गामचा र मान पत्र द्वारा सम्मान गरिन्छ।।
अन्तिममा असमको जातीय संगित परिवेशन गरेर सभा सम्पन्न गरिन्छ।
आज यस अभिनन्दन उ सम्मान समारोहलाइ सफल तुल्याउन सगाउ पुराउने जम्मै माहानुभवगण, अभिभावकगण,आग्सु केन्द्रीय नेत्रित्व, जम्मै जिला समितिका नेत्रित्ववर्गमा धन्यवाद ज्ञापन गर्दछौं।।
प्रचार विभाग
अखिल असम गोर्खा छात्र संघ (आग्सु)