All Assam Gorkha Students' Union

All Assam Gorkha Students’ Union

” Unity | Education | Empowerment ” 

अखिल असम गोर्खा छात्र संघ उद्योगमा असमभरीनै सामुहिक भात्रृ द्वितीया उद्यापन ।

गुवाहाटी नबेम्वर 3: अखिल असम गोर्खा छात्र संघ, केन्द्रीय समितिको उद्योग, कामररूप महानगर जिल्ला समिति(आग्सु) र वृहत्तर कामरूप महानगरवासी गोर्खा जनताको सहयोगमा पल्टन बजार, गुवाहाटी स्थित गोर्खा ठाकुरबारी नेपाली मन्दिर प्रांगणमा आज मिति 03/11/2024 आइतबारको दिन बेलुकी 6 बजे बाट सामुहिक भाइटिका 2024 मनाइन्छ। असम नेपाली साहित्य सभाका सम्माननीय सभापति श्रीमान दुर्गा खतिवडा र असम लोकसभा आयोगका सदस्य श्रीमान देवराज उपाध्यायको बाहुलीबाट बत्ति प्रज्वलन गरेर कार्यसूचीको थालनी भए पछिनै स्थानीय कलाकार द्वारा भैली नृत्य प्रदर्शन गरिन्छ र साथै आसमाका प्रख्यात गायक नर बहादुर दर्जी ज्युको सुमधुर कन्ठबाट देउसीको साथ-साथै सुधाकन्ठ भूपेन हाजरीकाज्युका कालजयी गीतहरु पनि परिवेशण हुन्छ। आमन्त्रित सबै आतिथीवर्गलाइ सम्पूर्ण गोर्खे परम्परा अनुरूप स्थानीय चेलीहरु द्वारा सामुहिक रुपमा भाइटीका लगाइन्छ।

पूर्वाञ्चलकै युवाहरुको आदर्श तथा अखिल असम छात्र संघका सम्माननीय मुख्य उपदेष्टा डा•समुज्जल कुमार भट्टाचार्यज्युले अखिल असम गोर्खा छात्र संघको वेबसाइड लोकार्पण गर्नुहुन्छ र आफ्नो अभिभाषण राख्नुहुन्छ। अखिल असम गोर्खा छात्र संघका सम्माननीय पुर्व सभापति श्रीमान भास्कर दाहाल, आखिल असम गोर्खा छात्र संघका सम्माननीय सल्लाहकार श्रीमान बीरेन्द्र सुब्बा, गुवाहाटी पौर निगमका सम्माननीय अध्यक्ष श्रीमान मृगेन सहरिया, विश्वनाथ महाविद्यालयका सम्माननीय अध्यक्ष डा. चिन्तामणि शर्मा, भारतीय गोर्खा परिसंघका सम्माननीय राष्ट्रीय अध्यक्ष श्रीमान नित्यानन्द उपाध्याय, कार्बी छात्र संघका उप-सभापति श्रीमान दिनेश तेरन, राभा छात्र संघका सहकारी सम्पादक श्रीमान हितेश राभा, टाई-आहोम छात्र संघका सभापति श्रीमान मिलन बुढागोहाइ, भारतीय गोर्खा परिसंघ,असम प्रान्तका सभापति श्रीमान अमर अधिकारी, असमका वरिष्ठ सम्वाददाता श्रीमान अतनु भुञा, बिशिस्ट समाजसेवक श्रीमान जयन्त कुमार डेका, ताइ आहोम छात्र संघ, केन्द्रीय समितीका सह सचिव श्रीमान सिमान्त गगोइ, अखिल असम छात्र संघ का केन्द्रीय कार्यकारिणी सदस्यत्रय श्रीमान रुपम दास, श्रीमान अलकेश नाथ, श्रीमान जितेन दास, गौहाटी उच्च न्यायालयका ज्येष्ठ अधिवक्ता विमल छेत्री, लगायत धेरै गण्यमान्य व्यक्तिहरूको उपस्थितिले कार्यक्रमको गरिमा बढाएको थियो।

अखिल असम गोर्खा छात्र संघका मूल-सचिव श्रीमान नुमल छेत्री द्वारा संचालित यस कार्यक्रममा आमन्त्रित धेरै आतिथीवर्गले आफ्नो अभिभाषण राख्नुहुन्छ र अन्तमा अखिल असम गोर्खा छात्र संघका सम्माननीय सभापति श्रीमान सुनील कुमार छेत्रीज्युले आफ्नो अभिभाषणमा गोर्खा परम्पराको अन्यतम चाड भाइटिका केवल गोर्खाहरूबीच मात्र सीमित नराखी अरू जाति-जनगोष्ठीबीच पनि सामूहिक रूपमा सारा आसाममा मनाइनुपर्ने आवश्यकता औंल्याउनुभयो। यसै उद्देश्यका साथ, अखिल असम गोर्खा छात्र संघका विभिन्न जिल्ला र आञ्चलिक समितिहरूले आजकै दिन धेरै ठाउँमा सामूहिक रूपले भाइटिका कार्यक्रमको आयोजना गरिरहेको उल्लेख गर्नुभयो। कार्यक्रममा केन्द्रीय समितिका उपसभापति श्रीमान राजु बजगाइ, सांगठनिक सचिव श्रीमान प्रकाश कोइराला, शिक्षा सचिव श्रीमान टिंकू पौडेल, कार्यालय सचिवद्वय श्रीमान बिकास शर्मा, श्रीमान विष्णु चापाइ, मुखपत्र सचिव श्रीमान कमल ढकाल, कार्यकरी सदस्य सोमराज सोनार, बि.टि.आर., छेत्रीय समितिका मूल सचिव श्रीमान राजू सुबेदी, कामरुप महानगर जिल्ला समितिका सम्माननीय सभापति श्रीमान अमित पौडेल र मूल-सचिव श्रीमान उत्तम शर्माका साथसाथै केन्द्रीय,जिल्ला तथा आञ्चलिक तहका धेरै आग्सु कार्यकर्ताको उपस्थिति थियो।

असमका विभिन्न क्षेत्रहरूमा अखिल असम गोर्खा छात्र संघले उद्यापन गरिरहेका सामूहिक भाइटिकाका कार्यक्रमहरू यस प्रकार छन्।

  1. अखिल असम गोर्खा छात्र संघ, शोणितपुर जिल्ला समितिको उद्योगमा, मानशिरी आञ्चलिक समितिको आतिथ्यमा र मानशिरीबासी संस्कृति प्रेमी जनगनको सहयोगमा रौमारी स्थित हरि हर मन्दिर प्रांगणमा।
  2. अखिल असम गोर्खा छात्र संघ, विश्वनाथ जिल्ला समितिको उद्योगमा, राजगढ आञ्चलिक समितिको आतिथ्यमा र जम्मै राजगढबासी जनगनको सहयोगमा राजगढ़, मइनापुर स्थित आग्सु भवन प्रांगणमा।
  3. अखिल असम गोर्खा छात्र संघ तामुलपुर जिल्ला समितिको उद्योग र तामुलपुर जिल्ला अन्तर्गत जमै आञ्चलिक समितिहरुको सहयोगमा तामुलपुर स्थित भाउरागुरी प्राथमिक विद्यालय प्रांगणमा।
  4. अखिल असम गोर्खा छात्र संघ, पश्चिम कार्बी आङलङ जिल्ला समितिको उद्योग तथा आमरेङ कपिलि आञ्चलिक समिति, डिख्लेम शाखा र डिख्लेमवासी जनमानसको सक्रिय सहयोगमा पश्चिम कार्बी आङलङ स्थित डिख्लेम टिला नेपाली बस्तीमा।
  5. अखिल असम गोर्खा छात्र संघ, तिनसुकिया आञ्चलिक समितीको उद्योगमा बहादुर चाराली,पाखरिजान, बरडुबि, काछमारि-काटानी, नखराइ-गुइजान, पानीतला, हेबेदा-टिंङराइ शाखा समिति एवं जनगणको सहयोगमा बहादुर चाराली स्थित दुर्गा मंदिर प्रांगणमा।
  6. अखिल असम गोर्खा छात्र संघ, उदालगुरी टंला आञ्चलिक समितिको उद्योगमा र स्थानीय जनगनको सहयोगमा टंला स्थित दुलियापारा शिव मंदिर परिसरमा।
  7. अखिल असम गोर्खा छात्र संघ होजाई जिल्ला समितिको उद्योग तथा काकी आञ्चलिक समिति र टगिंया शाखा तथा काकी टगिंया जनमानसको सक्रिय सहयोगमा टंगिया गाँउमा।
  8. आखिल असम गोर्खा छात्र संघ बाक्सा जिल्ला अन्तर्गत हीमाली आञ्चलिक समितिको उद्योग र बाक्सा आञ्चलिक समिति एवं जम्मै भुटानखुट्टी वासी जनगनको सहयोगमा भुटानखुट्टी गाँउ उन्नयन समितिको कार्यालय परिसरमा।
  9. आखिल असम गोर्खा छात्र संघ तिनसुकिया जिल्ला अन्तर्गत माधवपुर-वबदुमसा आञ्चलिक समितिको उद्योगमा माधवपुर गोर्खा शिव मंदिर प्रांगणमा।
  10. अखिल असम गोर्खा छात्र संघ बाक्सा जिल्ला अन्तर्गत मध्य बाक्सा आञ्चलिक समितिको उद्योग र समुह जनगणको सहयोगमा खैरेनी गोर्खा चोकमा।
  11. अखिल असम गोर्खा छात्र संघ तिनसुकिया जिल्ला अन्तर्गत लखिपथार स्वतन्त्र शाखा समिति को उद्योगमा लखिपथार गाउ पंचायतको प्रेक्षागृहमा।
Scroll to Top