All Assam Gorkha Students' Union

All Assam Gorkha Students’ Union

” Unity | Education | Empowerment ” 

📰 AAGSU e-Bulletin
Issue #2
October 30, 2025

मुगासङ, तुम्प्रेङमा अखिल असम गोर्खा छात्र संघ (AAGSU) पश्चिम कार्बी आङलङ जिल्ला समितिद्वारा चौथो सामूहिक ‘भाइटीका समारोह’ भव्य रूपमा सम्पन्न

📅 October 30, 2025
✍️ AAGSU
🕒 12:07 AM

23 अक्टोबर 2025, मुगासङ, तुम्प्रेङमा, पश्चिम कार्बी आङलङ :आग्सु पश्चिम कार्बी आङलङ जिल्ला समितिको उद्योग तथा बिथुङ आञ्चलिक समिति, मुगासङ शाखा र स्थानीय जनमानसको सक्रिय सहयोगमा चौथो सामूहिक भाईटिका समारोह सम्पन्न हुँदछ।
आग्सु, पश्चिम कार्बी आङलङ जिल्ला गठन भएदेखिनै जिल्ला समितिले सामूहिक रूपमा भाइटीका समारोह पालन गरिरहेको छ। पश्चिम कार्बी आङलङको बिभिन्न गाउँहरूमा स्थानीय आञ्चलिक समिति, शाखा र स्थानीय जनताको सक्रिय सहयोगमा भव्य रुपमा भाइटीकाकै दिन कार्यक्रम सम्पन्न हुँदछ। उक्त कार्यक्रममा जिल्ला स्तरका बिभिन्न जातिय छात्र सङ्गठनका नेतृत्व, बिभिन्न सङ्गठनका नेतृत्व, समाजकर्मी, बुद्धिजीवी, स्थानीय विधायक, जिल्ला प्रशासनिक नेतृत्व, जिल्ला उपायुक्त, कार्बी आङलङ शासित परिषद्का सदस्यवर्गहरूलाई निम्त्याएर पारम्परिक रूपमा भाइटीका महोत्सव पालन गरिन्छ।
विगत समयमा कलङा गोर्खा गाउँ, चेङचेङ बिल तथा डिख्लेम नेपाली बस्तीमा सम्पन्न भएको थियो भने यस पटक तुम्प्रेङको मुगासङमा भव्यताका साथ कार्यक्रम सम्पन्न हुँदछ।
तुम्प्रेङको मुगासङ स्थित ड० बि आर अम्बेडकर विद्यालय खेल मैदानमा भव्यताका साथ समारोह सम्पन्न हुँदछ। बेलुकी ६ बजे हामी सबैका प्यारा कलाकार प्रयात जुविन गर्गज्यूको तस्वीरमा द्वीप प्रज्वलन गरे पश्चात कार्यक्रमको शुभारम्भ हुन्छ र आग्सु, पश्चिम कार्बी आङलङ जिल्ला सभापति गोपाल भट्टराईज्यूले सञ्चालन गरेको सांस्कृतिक समारोहमा विशिष्ट समाज सेवक श्रीमान् बलराम थापाज्यूले तिहारको बिषयमा वक्तव्य प्रदान गर्नु हुन्छ। आग्सु पश्चिम कार्बी आङलङ जिल्ला सांस्कृतिक सचिव पिङ्कु पौडेलज्यूको नेतृत्वमा बिभिन्न जातिय समागम रहेको स्वागत नृत्य, मारुनी नृत्य, झ्याउरे नृत्य, यमपञ्चकको पारम्परिक झलकहरू, देउसी-भैली आदी साथै खुकुरी नृत्य प्रस्तुत हुँदछ।
अति विशिष्ट अतिथिका रुपमा कार्बी आङलङ स्वायत्त शासित परिषद्का मुख्य कार्यवाही सदस्य ड० तुलीराम रङहाङज्यू अनुपस्थित रहनुभएको हुनाले वहाँको प्रतिनिधि भएर कार्यवाही सदस्य प्रभात चन्द्र तारोज्यूको उपस्थिति हुँदछ साथै हाम्रो निमन्त्रणा स्विकार्दै उपस्थित हुनुहुन्थ्यो आग्सु केन्द्रीय सदस्य श्रीमान खगेन्द्र थापाज्यू, गोर्खा उन्नयन परिषद् असमका सदस्य सन्जीव खड्का छेत्रीज्यू, अगोस केन्द्रीय उपसभापति चन्द्र छेत्रीज्यू, अगोस कार्बी आङलङ जिल्ला नेतृत्वगण, अनेसास केन्द्रीय उपसभापति लीला निरौलाज्यू, अनेसास पश्चिम कार्बी आङलङ जिल्ला सभापति गणेश छेत्रीज्यू, भारतीय गोर्खा परिसंघ कार्बी आङलङ क्षेत्रिय नेतृत्वगण, असम जातियतावादी युवा छात्र परिषद् कार्बी आङलङ जिल्ला समितिका नेतृत्वगण, कार्बी आङलङ स्वायत्त शासित परिषद्का सदस्य पवन कुमारज्यू, स्थानीय विधायक रुपसिंह तेरनज्यू साथै स्थानीय बुद्धिजीवीवर्गहरूको उपस्थितिमा चौथो सामूहिक भाईटिका समारोह सफलताका साथ सम्पन्न हुँदछ।

📤 Share this story
Scroll to Top