
बेंगतल, नवेम्बर २ : गोर्खा विद्यार्थी समाजमा ऐक्य, सौहार्द र नयाँ विद्यार्थीहरूमा आत्मीयता सृजना गर्ने उद्देश्यले बेंगतल कलेज गोर्खा विद्यार्थी समूहको आयोजनामा तथा बेंगतल इकाई समिति, अखिल असम गोर्खा छात्र संघ (AAGSU) को सहकार्यमा “७औं ग्रेटर बेंगतल कलेज गोर्खा फ्रेशर्स मिट–२०२५” भव्य रूपमा सम्पन्न भयो। कार्यक्रम २०२५ नवेम्बर २ तारिखका दिन बेंगतल कलेज अडिटोरियम हलमा आयोजना गरिएको थियो।
कार्यक्रमको अध्यक्षता सभापति बिकास कार्कीले गर्नुभएको थियो भने सञ्चालन मूल–सचिव रिद्धी तामाङले गर्नुभएको थियो। कार्यक्रममा गोर्खा समुदायका विभिन्न विद्यार्थी संघ, समाजका प्रतिनिधि तथा विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रममा प्रमुख वक्ता (“मुख्य वक्ता”) का रूपमा कुनाल सुब्बा (निरीक्षण लेखा अधिकृत, प्रारम्भिक शिक्षा विभाग, APSC) र हेमन्त शर्मा (उप–प्रधानाचार्य, रुनीखाता कलेज) उपस्थित हुनु भएको थियो भने विशिष्ट अतिथिका रूपमा अखिल असम गोर्खा छात्र संघ (AAGSU) का केन्द्रीय स्वास्थ्य–सचिव श्री अमृत खड्का, BTR समिति का उप–सभापति श्री प्रकाश छेत्री, सह–सचिव श्री नारायण भट्टराई र चिराङ जिल्ला समिति AAGSU का सभापति श्री निश्छल गिरी मुख्य अतिथिको रूपमा उपस्थित हुनु भएको थियो। त्यस्तै आमन्त्रित अतिथिहरूका रूपमा श्री उत्तम प्रधान (सभापति, BTR गोर्खा समाज), श्री कृष्ण प्रधान तथा अखिल असम गोर्खा छात्र संघ (AAGSU), असम नेपाली साहित्य सभा (ANSS), अखिल गोर्खा समाज (AGS), BTR गोर्खा समाज, सुंगावा आँचलिक समिति र बिजनी आँचलिक समिति लगायतका सभापति तथा मूल–सचिवहरूको सहभागिता रहेको थियो।
कार्यक्रमको शुभारम्भ दीप प्रज्वलन र स्वागत गीतसहित गरिएको थियो। स्वागत मन्तव्यपछि नवप्रवेशी विद्यार्थीहरूको आत्मपरिचय, सांस्कृतिक प्रस्तुति, गोर्खा समुदायको एकता, शिक्षाको महत्व र जातीय चेतनाबारे प्रेरणादायी सम्बोधनहरू प्रस्तुत गरिए। वक्ताहरूले गोर्खा विद्यार्थीहरूले शिक्षा, अनुशासन र संस्कृतिको माध्यमबाट आफ्नो पहिचान सुदृढ गर्नुपर्नेमा जोड दिनुभयो। कार्यक्रमका विभिन्न चरणमा “श्रेष्ठ नवप्रवेशी” सम्मान, नृत्य–संगीत प्रस्तुति र सम्मान समारोहले कार्यक्रमलाई अझ आकर्षक बनाएको थियो। अन्त्यमा सभापति बिकास कार्कीले उपस्थित अतिथि, विद्यार्थी, सहयोगी तथा आयोजक समितिका सदस्यहरूलाई धन्यवाद ज्ञापन गर्दै कार्यक्रमको सफलताको श्रेय सबैको सामूहिक प्रयासलाई दिनुभयो। “७औं ग्रेटर बेंगतल कलेज गोर्खा फ्रेशर्स मिट–२०२५” ले विद्यार्थीहरूमा नयाँ ऊर्जा, एकता र जातीय गौरवको भावना जागृत गराएको अनुभूति गरिएको छ।
✍ प्रीति भट्टराई, सचिव, बेंगतल कलेज इकाई , अखिल असम गोर्खा छात्र संघ (AAGSU)
