All Assam Gorkha Students' Union

All Assam Gorkha Students’ Union

” Unity | Education | Empowerment ” 

📰 AAGSU e-Bulletin
Issue #5
November 20, 2025

तिहार समारोह 2025 : मालिनीपुरमा दुईदिने भव्य कार्यक्रम सम्पन्न

📅 November 20, 2025
✍️ AAGSU
🕒 12:06 AM

मालिनीपुर, धेमाजी : अखिल असम गोर्खा छात्र संघ (आग्सु) मालिनीपुर आञ्चलिक समितिको आयोजनामा तथा मालिनीपुर वासी गोर्खा राइजको विशेष सहयोगमा आयोजित “तिहार समारोह 2025” १२ र १३ नवेम्बरमा २ नं. फूलबारी आग्सू कार्यालय प्राङ्गणमा भव्य रूपमा सम्पन्न भएको छ।दुई दिनसम्म चलेको यस सांस्कृतिक पर्वमा १,२०० भन्दा बढी गोर्खा समुदायको उत्साहपूर्ण उपस्थिति रह्यो, जसले सम्पूर्ण क्षेत्रलाई उत्सवमय बनाएको थियो।

पहिलो दिन : देउसी–भैलो, सङ्गिनी र सांस्कृतिक प्रतियोगिता

१२ तारिखको दिन परम्परागत देउसी–भैलो, सङ्गिनी नृत्य, सांस्कृतिक गीत–संगीत तथा विभिन्न कला–प्रतियोगिताहरू आयोजना गरिएको थियो।
कार्यक्रममा आधुनिक DJ संगीतभन्दा परम्परागत बाजा–बन्दनालाई प्राथमिकता दिँदै सहभागीहरूले मादल, टुङ्ना, सारङ्गी जस्ता परम्परागत वाद्यवादनमा नाचे–गाएको दृश्य विशेष आकर्षणको विषय बन्यो।

दोस्रो दिन : आमसभा र सम्मान–समारोह

१३ तारिखको मुख्य कार्यक्रममा आयोजित आमसभाले कार्यक्रमको स्तर अझै भव्य बनायो।
सभामा आग्सुका उच्च पदाधिकारीहरूको उपस्थिति उल्लेख्य थियो, जसमा—

श्री दिलीप गजुरेल – उप सभापति, केन्द्रीय समिति(आग्सु)

श्री मोहन विश्वकर्मा,खेलकुद सचिव, केन्द्रीय समिति(आग्सु )

श्री सोमराज पुरी – सभापति, धेमाजी जिल्ला समिति (आग्सु)

श्री दिलीप खनाल – मूल-सचिव, धेमाजी जिल्ला समिति (आग्सु)

अन्य जिल्ला तथा आञ्चलिक पदाधिकारी, अतिथि र सम्माननीय व्यक्तित्वहरू

कार्यक्रममा आयोजक समितिले विभिन्न क्षेत्रका योगदानकर्ताहरूलाई अभिनन्दन तथा सम्मान प्रदान गरेको दृश्यले सम्पूर्ण वातावरणलाई गौरवमय बनायो।

मञ्चमा सम्मान ग्रहण गर्दै उभिएका तथा आफ्नो आशन मा बसेका पदाधिकारी तथा आमन्त्रणित अतिथिहरूले कार्यक्रमको गरिमा झनै बढाएको देखिन्थ्यो।

तिहार समारोहको मुख्य आकर्षण : विशाल जनसमुह

विशाल श्रोताको उपस्थिति, सुव्यवस्थित मञ्च, र रंगी–बिरंगी पाण्डालले मालिनीपुरको यो तिहार उत्सवलाई सम्पूर्ण धेमाजी जिल्लाकै भव्य सांस्कृतिक कार्यक्रम बनाएको थियो।

परिवार, युवायुवती, बालबालिकादेखि ज्येष्ठ नागरिकसम्मको उत्साहले समुदायको एकता र गोर्खा पहिचानप्रति रहेको गर्व झल्किन्छ।

संगीतकार हरी नेवारको विशेष प्रस्तुति

अन्तिम सत्रमा चर्चित संगीतकार श्री हरी नेवार द्वारा प्रस्तुत सुमधुर गीत–संगीतले सम्पूर्ण जनसमुदायलाई मन्त्रमुग्ध बनायो।
स्थानीय कलाकारहरूका आकर्षक प्रस्तुतीले कार्यक्रमलाई अझै सांगीतिक र सांस्कृतिक रुपमा समृद्ध बनाएको थियो।

समारोहको मूल उद्देश्य

मालिनीपुर आञ्चलिक समिति (आग्सू)ले यस वर्षको तिहार समारोहलाई खास उद्देश्यसहित सम्पन्न गरेको जनाएको छ।
उद्देश्य यस्तो थियो—

  • गोर्खा कला, संस्कृति तथा परम्परालाई संरक्षण र जगेर्ना गर्नु
  • आधुनिक DJ शैलीभन्दा परम्परागत सांस्कृतिक बाजा–बन्दनालाई पुनर्जीवित गर्नु
  • सामुदायिक एकता, भातृत्व र सांस्कृतिक पहिचानलाई मजबुत बनाउनु

आयोजक समितिले युवा पुस्तामाझ परम्परागत देउसी–भैलोको महत्व पुनःस्थापित गर्नु नै उनका लागि ठूलो उपलब्धि भएको छ।

प्रतिवेदन: चन्दन भराली-सभापति,मालिनीपुर आञ्चलिक समिति (आग्सु) ।

📤 Share this story
Scroll to Top