All Assam Gorkha Students' Union

All Assam Gorkha Students’ Union

” Unity | Education | Empowerment ” 

📰 AAGSU e-Bulletin
Issue #5
November 20, 2025

बी.एच. कलेजमा 1st Greatest Gorkha Freshers’ Meet–2025 भव्य रूपमा सम्पन्न

📅 November 20, 2025
✍️ AAGSU
🕒 12:07 AM

बी.एच. कलेज, नोभेम्बर १६ : गोर्खा विद्यार्थीहरूमा ऐक्य, सहयोग र नयाँ ऊर्जा भर्ने उद्देश्यले १st Greatest B.H. College Gorkha Freshers’ Meet–2025 बी.एच. कलेज AAGSU Unit को आयोजनामा भव्य रूपमा सम्पन्न भयो। कार्यक्रम बी.एच. कलेज अडिटोरियम हलमा अत्यन्त उत्साहपूर्ण रूपमा सम्पन्न गरिएको थियो।

कार्यक्रमको अध्यक्षता साभापति सुजाल भण्डारीले गर्नुभएको थियो भने सम्पूर्ण कार्यक्रमको सञ्चालन मूल–सचिव रजिब तिम्सिनाले अत्यन्तै सुव्यवस्थित ढंगले गर्नुभयो। कार्यक्रममा बी.एच. कलेजका विद्यार्थी, विभिन्न आञ्चलिक समाज प्रतिनिधि तथा गोर्खा समुदायका अग्रजहरूको उल्लेखनीय उपस्थितिले कार्यक्रमको माहोल झनै ऊर्जाशील बनेको थियो।

कार्यक्रमका मुख्य वक्ता (Chief Speaker) को रूपमा

  • बी.एच. कलेजका प्रिन्सिपल डा. भूषण चन्द्र पाठक
  • बी.एच. कलेजका उप–प्रिन्सिपल
  • एसोसिएट प्रोफेसर डा. छवन कुमार शर्मा
    उपस्थित रहनुभएको थियो र उहाँहरूले विद्यार्थीहरूलाई महत्वपूर्ण तथा प्रेरणादायी मन्तव्य प्रदान गर्नुभयो।

यसैगरी विशिष्ट अतिथि (Distinguished Guests) को रूपमा

  • बकसा आञ्चलिक निकाशीका सभापति श्री धर्म भण्डारी
  • बी.एच. कलेजका प्राक्तन छात्र तथा नगरिचुली आञ्चलिकका सभापति श्री रविशंकर उप्रेती
  • मनस आञ्चलिकका सभापति श्री सुरज मिजार
    उपस्थित रहनुभएको थियो, जसले गोर्खा समुदायभित्रको संगठनात्मक एकता र सहकार्यलाई झनै मजबुत बनाएको अनुभूति दिलायो।

आमन्त्रित अतिथि को रूपमा

  • श्री राजु सुबेदी (General Secretary, BTC Region AAGSU)
  • श्री ओम बहादुर छेत्री, एसोसिएट प्रोफेसर, एम.सी. कलेज
    जस्ता सम्मानित व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।

कार्यक्रमको शुभारम्भ झण्डा उडान, स्मृति तर्पण र स्वागत गीत मार्फत गरिएको थियो। फ्रेसर विद्यार्थीहरूको आत्म–परिचय, सांस्कृतिक प्रस्तुति तथा वक्ताहरूका प्रेरणादायी सम्बोधनहरूले कार्यक्रमलाई झनै अर्थपूर्ण बनाएको थियो। वक्ताहरूले गोर्खा विद्यार्थीहरूले शिक्षा, अनुशासन र संस्कृतिको माध्यमबाट आफ्नो पहिचान मजबुत बनाउनुपर्ने कुरामा जोड दिनुभयो, जसले सम्पूर्ण उपस्थितिलाई थप उत्साहित बनायो।

कार्यक्रमको अन्त्यमा साभापति सुजाल भण्डारीले सबै अतिथि, विद्यार्थी, सहयोगी तथा आयोजक समितिका सदस्यहरूलाई हार्दिक धन्यवाद व्यक्त गर्दै, कार्यक्रम सफल बनाउन योगदान पुर्‍याउने सबैप्रति कृतज्ञता प्रकट गर्नुभयो। उहाँले यस कार्यक्रमले गोर्खा विद्यार्थीहरूमा नयाँ ऊर्जा, ऐक्य र गौरवको भावना झनै प्रगाढ बनाएको उल्लेख गर्नुभयो।

प्रतिवेदन: सुजाल भण्डारी-सभापति, बी.एच. महाविद्यालय इकाई (आग्सु)

📤 Share this story
Last Story in Issue →
Scroll to Top