All Assam Gorkha Students' Union

All Assam Gorkha Students’ Union

” Unity | Education | Empowerment ” 

📰 AAGSU e-Bulletin
Issue #11
January 1, 2026

आग्सु स्वर्ण जयन्ती शुभारम्भ समारोहमा स्वयंसेवकहरूको ऐतिहासिक योगदान

📅 January 1, 2026
✍️ AAGSU
🕒 12:02 AM


दुलीयाजान ३० डिसेम्बर: अखिल असम गोर्खा छात्र संघ (आग्सु) को स्वर्ण जयन्ती शुभारम्भ समारोह २६ र २७ डिसेम्बर २०२५ का दिन अत्यन्तै भव्य, अनुशासित र ऐतिहासिक रूपमा सफलतापूर्वक सम्पन्न भएको छ। यस कार्यक्रमको सफल सञ्चालन, व्यवस्थापन र अनुशासित परेडको मूल आधार स्वयंसेवकहरूको अथक परिश्रम, कर्तव्यनिष्ठा र समर्पण नै रहेको छ। स्वर्ण जयन्तीको अवसरमा स्वयंसेवकहरू करिब १५ दिनसम्म कार्यक्रम स्थलमै बसेर निरन्तर प्रशिक्षणमा संलग्न भई सम्पूर्ण कार्यक्रमको सञ्चालन र व्यवस्थापनको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरेका थिए।
कार्यक्रमको सफल सञ्चालन, व्यवस्थापन तथा अनुशासित परेड केन्द्रिय प्रतिष्ठापक स्वयंसेवक दस्ता प्रमुख श्री केशव पाण्डे, केन्द्रिय स्वयंसेवक दस्ता प्रमुख श्री दिलिप कुमार लिम्बु, उदालगुरी जिल्ला समिति दस्ता प्रमुख श्री पेम्बा तामाङ तथा धेमाजी जिल्ला समिति दस्ता प्रमुख श्री रमेन दाहालको तत्त्वावधान, निर्देशन र नेतृत्वमा स्वयंसेवकहरूको व्यवस्थित प्रशिक्षणमार्फत सम्पन्न भएको हो। उक्त प्रशिक्षणकै प्रतिफलस्वरूप २६ डिसेम्बर २०२५ का दिन बिहान १० बजे सम्पन्न झण्डोत्तोलन कार्यक्रमअघि प्रस्तुत गरिएको परेड अत्यन्तै अनुशासित, मर्यादित र उच्चस्तरको देखिएको थियो, जसले उपस्थित अतिथि, दर्शक र सर्वसाधारणलाई गहिरो प्रभाव पारेको थियो।
यस ऐतिहासिक जिम्मेवारीमा सहभागी स्वयंसेवकहरूमा डेनिशा उपाध्याय, यशोदा शर्मा, रेश्मा उपाध्याय, दिया भुजेल, प्रिया जोगी, आकांक्षा सोनार, प्राची बाल्मीकि, खुशबु क्षेत्री, सुमन थापा, तनुश्री थापा, कृष्णा राजपूत, एजा सुब्बा, कृपा थापा, राधिका रजक, रोमा नेवार, लक्की जोगी, सुस्मिता क्षेत्री, शिखा सोनार, सोया जोगी, अर्चना शर्मा, जानकी थापा, निकिता गुरुङ, रोशनी मुरा, अनुस्का थापा, रिया सुनार, कुसुम बोराइक, आशा लिम्बु, स्वस्तिका आले, अभिनाश किशान, कार्तिक आले, भीम क्षेत्री, रुपम शर्मा, अनुप शर्मा, अनिश शर्मा, प्रदीप नेवार, ए.एम. बहादुर नेवार, अरूप शर्मा, जीवन राई, कृष्ण शर्मा, निखिल क्षेत्री, नवराज थापा, रोहित विश्वकर्मा, विशाल क्षेत्री, बिरु राई, लेख बहादुर थापा, विवेक सिंह, साहिल लिम्बु, अमर तामाङ, विशाल शर्मा, राजीव विश्वकर्मा, मोहित उपाध्याय, सेवान थापा, ताज आले, अंकित शर्मा, शरत जैशी, विशाल उपाध्याय, प्रियंका थापा, मोहनी थापा, सोनिया सुनार, दिशा शर्मा, हर्षिका आले, सारा थापा, जुरी साहु, कृतिका क्षेत्री, मोक्दिलिना मोरा, मोरियान मुरा, एशा थापा, दीपिका शर्मा, दीक्षा राणा, पिहु जोइशी, रोशनी गोरह, हेमा सोनार, ऋतुराज क्षेत्री, मोनराज थापा, अंश क्षेत्री, आयुष्मान थापा, गङ्गा रावतिया, लखिप्रिया भूमिज, नमन जैशी, दिक्षिता सोनवाल, विप्लव क्षेत्री, रोहित नेवार, मोहन क्षेत्री, अजय थापा, पदम सोनार, किरण सोनार, ज्योति क्षेत्री, टिंकु शर्मा, अभिजित क्षेत्री, प्रणव उपाध्याय, तपन शर्मा, बिजिता उपाध्याय, ठगिमाया राई, उषा क्षेत्री, पूर्णिमा क्षेत्री, मोनिका क्षेत्री, रुपा नेवार, खुशी क्षेत्री, निरु नेवार, विष्णु नेवार, नानु नेवार, रिया क्षेत्री, होम उपाध्याय, बिक्की पाङ्गिन, साहिल गिरी, अभिनाश पौडेल, कृष्ण नेवार, सागर क्षेत्री, रोहित होलार, रोहित प्रधान, करण क्षेत्री, विजय थापा, दिनेश क्षेत्री, करण लोहार, अनिश मगर, रणवीर सोनार, हिमेश के.सी., आशा तामाङ, कल्पना क्षेत्री, तारा नेवार, प्रीतम थापा, तेज प्रताप थापा, याद बहादुर क्षेत्री, विजय शर्मा, रञ्जय राई, विकास थापा र पवन क्षेत्री रहेका थिए।
झण्डोत्तोलन कार्यक्रमपछि सम्पन्न भएका सबै सत्र, सांस्कृतिक कार्यक्रम, अतिथि सत्कार, मञ्च व्यवस्थापन, भीड नियन्त्रण तथा अनुशासन कायम राख्ने कार्यमा स्वयंसेवकहरू निरन्तर खटिँदै अत्यन्त जिम्मेवार र संयमित भूमिका निर्वाह गरेका थिए। लामो समयसम्म निरन्तर खटिँदा पनि स्वयंसेवकहरूको उत्साह, एकता र सेवाभावमा कुनै कमी देखिएको थिएन। कठिन परिस्थितिमा समेत धैर्य र अनुशासनका साथ कार्यक्रमलाई सफल बनाउनु स्वयंसेवकहरूको उल्लेखनीय उपलब्धि बनेको छ।
आग्सु स्वर्ण जयन्ती शुभारम्भ समारोह शान्त, मर्यादित र भव्य रूपमा सम्पन्न हुनुमा केन्द्रिय तथा जिल्ला तहका दस्ता प्रमुखहरूको कुशल नेतृत्व र सम्पूर्ण स्वयंसेवकहरूको अथक परिश्रम अविस्मरणीय रहनेछ। आग्सु परिवारले यस ऐतिहासिक अवसरमा योगदान दिने सम्पूर्ण स्वयंसेवकहरू तथा नेतृत्वदायी व्यक्तित्वहरूप्रति हार्दिक धन्यवाद ज्ञापन गर्दै भविष्यमा पनि संगठनका प्रत्येक गतिविधिमा यस्तै समर्पण, अनुशासन र सेवाभाव निरन्तर रहने दृढ विश्वास व्यक्त गरेको छ।

📤 Share this story
Scroll to Top