
तामुलपुर, ६ जनवरी: अखिल असम गोर्खा छात्र संघ, तामुलपुर जिल्ला समितिको आज दोस्रो वर्धित कार्यकारिणी सभा सम्पन्न भएको छ। जानकारी अनुसार, तामुलपुर जिल्लान्तर्गत बंगालीपाडास्थित पूर्व डेफेली आञ्चलिक समितिको मुख्यालयमा स्थायी सभापति टङ्क भट्टराईको सभापतित्वमा सम्पन्न भएको सभाको उद्देश्य व्याख्या मूल सचिव विप्लव चिमरियाले गरेका थिए। उक्त सभामा अखिल असम गोर्खा छात्र संघ, बीटीसी क्षेत्रीय समितिले आयोजना गरेको विशेष योग्यता परीक्षा २०२६ लाई तामुलपुरमा सफल तुल्याउन रणनीति तयार सन्दर्भमा छलफल गरिन्छ भने सोही सभामा आञ्चलिक समितिहरूको सांगठनिक गतिविधि सन्दर्भमा पनि महत्वपूर्ण छलफल हुन्छ। उक्त सभामा बीटीसी क्षेत्रीय समितिका उप सभापति प्रताप मगर र सांगठनिक सचिव नेत्र कुमार उपाध्याय उपस्थित रहँदै बीटीसी क्षेत्रीय समितिले आयोजना गरेको विशेष योग्यता परीक्षा २०२६ सन्दर्भमा विस्तारमा बताउँछन्। यता, सभाको बिचमा तामुलपुर जिल्ला समितिका ५ जना पदाधिकारी क्रमशः सचिव करण छेत्री, सांगठनिक सचिव भीम घिमिरे, सांस्कृतिक सचिव शिबु सोनार, कार्यालय सचिव रञ्जीत कार्की र स्वयं सेवक दस्ता प्रमुख कुमार थापाले पदको शपथ लिए। उक्त सभामा तामुलपुर जिल्ला समिति अन्तर्गत पूर्व डेफेली, नाग्रिजुली, कुनारीकाटा र तामुलपुर आञ्चलिक समितिका सभापति र मूल सचिवको साथै कार्यकर्ताहरू उपस्थित थिए।
प्रतिवेदन: विप्लव चिमरिया- मूल सचिव, तामुलपुर जिला समिति (आग्स)