
टंला 5 जनवरी : अखिल असम गोर्खा छात्र संघ, टंला आञ्चलिक समितिको एक टोली आञ्चलिक समिति अन्तर्गत रहेका HS तथा HSLC परीक्षा दिने विद्यार्थीहरूको गृहमा पुगेर अध्ययन अवस्था, तयारी र परीक्षामा प्रस्तुतिको विषयमा आत्मीय र उद्देश्यपूर्ण छलफल सम्पन्न गरेको छौ।
उक्त अन्तरक्रिया कार्यक्रममा विद्यार्थीहरूको शैक्षिक अभ्यास, समय व्यवस्थापन, अध्ययन निरन्तरता, मानसिक तयारी तथा आत्मविश्वास जस्ता महत्वपूर्ण पक्षहरूलाई प्राथमिकताका साथ प्रस्तुत गरियो। परीक्षापूर्वको तनाव व्यवस्थापन, स्व–अनुशासन र मनस्थिति बलियो बनाउने विषयमा समेत संघको टोलीले परामर्श प्रदान गरेको थियो।
संघले विद्यार्थीहरूसंग प्रत्यक्ष सम्पर्क स्थापित गरी अध्ययन अवस्थाको प्रत्यक्ष मूल्यांकन गर्न, अभिभावकसंग संवाद मार्फत विद्यार्थीहरूको पृष्ठभूमि र आवश्यकताहरू बुझ्न तथा शैक्षिक हितमा आवश्यक सहयोग पुर्याउनुपर्ने भावनालाई केन्द्रविन्दुमा राखेर यो कार्यक्रम सञ्चालन गरेको हो। कार्यक्रममा विद्यार्थी तथा अभिभावक दुवैको सक्रिय सहभागिताका कारण छलफल अझ प्रभावकारी र आत्मीय बन्दै गएको थियो।
संघले आफ्नो शैक्षिक दायित्व अन्तर्गत विद्यार्थीहरूको मनोवल अभिवृद्धि, प्रतिस्पर्धी क्षमता विकास तथा उच्च अध्ययनमा प्रवेशका अवसरहरू विस्तार गर्ने दिशामा निरन्तर सक्रिय रहने प्रतिबद्धता व्यक्त गरेको छ।
उक्त कार्यक्रमलाई जिल्ला समितिका उपाध्यक्ष सम्माननीय किरण सिग्देलज्यूको उपस्थिती तथा मार्गदर्शनले थप प्रभावकारी, प्रेरनादायक बनाएको थियो। उहाँले परीक्षामा आत्मविश्वास, समय व्यवस्थापन र निरन्तर परिश्रमको महत्वपूर्ण भूमिका रहने कुरामा जोड दिनुभयो।
यसै सन्दर्भमा संघले आगामी 11 डिसेम्बरकाे दिन हुन गई रहेको Special Merit Examination सम्बन्धी जानकारी प्रदान गर्दै उक्त परीक्षामा सहभागिताका लागि HSLC परीक्षार्थीलाई विशेष आह्वान गरेको छ।
Special Merit Examination विद्यार्थीको अध्ययन स्तरको मूल्यांकन, प्रतिस्पर्धी क्षमताको विकास तथा आत्मविश्वास बृद्धिमा महत्वपूर्ण भूमिका पुर्याउने उद्देश्यले सञ्चालन गरिन लागेको हो। यस परीक्षामार्फत प्रतिभा पहिचान, योग्यता परीक्षण तथा उत्कृष्ट प्रदर्शनकर्ताहरूलाई सम्मानित गर्ने योजना रहेको संघले जानकारी गराएको छ।
त्यसैले आगामी HSLC परीक्षामा सहभागी सम्पूर्ण विद्यार्थीहरूलाई Special Merit Examination मा सहभागिता जनाई आफ्नो क्षमता, अध्ययन स्तर र तयारीको परीक्षण गर्न संघ हार्दिक आह्वान गर्दछ।
अन्त्यमा संघले विद्यार्थीहरूको उज्ज्वल भविष्य, शैक्षिक उन्नति, मनोविज्ञानिक दृढता तथा प्रतिस्पर्धी क्षमताका लागि यस्ता शैक्षिक सहयोगमूलक कार्यक्रमहरूलाई निरन्तरता दिँदै जाने प्रतिबद्धता पुनः व्यक्त गरेको छ। साथै आगामी परीक्षामा सहभागि सबै विद्यार्थीहरूलाई सफलताको हार्दिक शुभकामना व्यक्त गर्दछ।
प्रतिवेदन: संजय छेत्री-मूल सचिव, टंला आञ्चलिक समिति,आग्सु।