All Assam Gorkha Students' Union

All Assam Gorkha Students’ Union

” Unity | Education | Empowerment ” 

📰 AAGSU e-Bulletin
Issue #15
January 29, 2026

उदालगुडी आञ्चलिक समितिअन्तर्गत बर्नागाउँमा शाखा समिति गठन

📅 January 29, 2026
✍️ AAGSU
🕒 12:07 AM

उदालगुडी, २५ जनवरी — लामो अन्तरालपछि उदालगुडी आञ्चलिक समितिअन्तर्गत जातीय चेतनाले परिपूर्ण बर्नागाउँमा शाखा समिति सफलतापूर्वक गठन गरिएको छ। स्थानीय समाजको उल्लेखनीय उपस्थितिका बीच सम्पन्न उक्त कार्यक्रमले संगठनलाई गाउँस्तरसम्म सुदृढ बनाउँदै लैजाने अभियानमा नयाँ गति थपेको छ। बर्नागाउँमा शाखा समिति गठन हुनु संगठनात्मक विस्तारका दृष्टिले महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ।
शाखा समिति गठन प्रक्रिया उदालगुडी आञ्चलिक समितिका सभापति श्री तेजबहादुर कार्की तथा मूल–सचिव श्री अर्जुन थापाको सक्षम र सक्रिय नेतृत्वमा सम्पन्न गरिएको हो। कार्यक्रमको सुरुदेखि अन्त्यसम्म आञ्चलिक नेतृत्वको स्पष्ट मार्गदर्शन, अनुशासित कार्यशैली र स्थानीय समाजसँगको समन्वय उल्लेखनीय रहेको सहभागीहरूले बताएका छन्। विशेषगरी यसपटक समिति गठनमा महिला सहभागितालाई प्राथमिकतामा राख्दै समावेशी र सशक्त संरचना निर्माणमा जोड दिइएको देखिन्छ।
गठन गरिएको शाखा समितिको सभानेत्रीको रूपमा सुश्री टिकामाया छेत्री चयन हुनु भएको छ भने मूल–सचिवको जिम्मेवारी सुश्री रश्मी छेत्रीलाई प्रदान गरिएको छ। दुवै पदाधिकारीले संगठनको नीति, उद्देश्य र सिद्धान्तअनुसार गाउँस्तरमा संगठनलाई मजबुत बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गर्नु भएको छ। महिला नेतृत्वमा गठन भएको यस शाखा समितिले संगठनमा नयाँ ऊर्जा, आत्मविश्वास र सकारात्मक दिशाबोध प्रदान गर्ने विश्वास लिइएको छ।


बर्नागाउँमा शाखा समिति गठनसँगै संगठनलाई गाउँ–गाउँसम्म विस्तार गर्दै लैजाने लक्ष्य अझ सशक्त बनेको छ। स्थानीय स्तरमै संगठन सक्रिय हुँदा समुदायका सामाजिक, शैक्षिक तथा पहिचानसम्बन्धी मुद्दाहरूलाई संस्थागत रूपमा उठाउन सहज हुने अपेक्षा गरिएको छ। यसले युवा र महिलाहरूलाई संगठनात्मक गतिविधिमा थप सक्रिय बनाउने वातावरण सिर्जना गर्ने विश्वास पनि व्यक्त गरिएको छ।
कार्यक्रम सफल बनाउन बर्नागाउँका स्थानीय बुद्धिजीवी, युवा तथा गाउँ समाजको सहयोग, सहभागिता र विश्वास महत्वपूर्ण रहेको उदालगुडी आञ्चलिक समितिले जनाएको छ। गाउँ समाजको एकता र सकारात्मक सोचका कारण शाखा समिति गठन सहज र सफल रूपमा सम्पन्न भएको आञ्चलिक नेतृत्वको भनाइ छ।
उदालगुडी आञ्चलिक समितिको तर्फबाट नवगठित बर्नागाउँ शाखा समितिका सभानेत्री सुश्री टिकामाया छेत्री, मूल–सचिव सुश्री रश्मी छेत्री लगायत सम्पूर्ण पदाधिकारी तथा सदस्यज्यूहरूलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरिएको छ। साथै, यस महत्वपूर्ण संगठनात्मक कार्यमा प्रत्यक्ष र अप्रत्यक्ष रूपमा सहयोग, साथ र विश्वास प्रदान गर्नु हुने सम्पूर्ण बर्नागाउँवासीप्रति आभार प्रकट गर्दै हार्दिक धन्यवाद ज्ञापन गरिएको छ। संगठनलाई अझ मजबुत, सक्रिय र जनमुखी बनाउँदै लैजाने प्रतिबद्धतासहित उक्त शाखा समिति गठन कार्यक्रम सम्पन्न भएको जनाइएको छ।

प्रतिवेदक: पंकज खतिवडा- उप सभापति, उदालगुडी आञ्चलिक समिति(आग्सु)।

📤 Share this story
Scroll to Top