All Assam Gorkha Students' Union

All Assam Gorkha Students’ Union

” Unity | Education | Empowerment ” 

📰 AAGSU e-Bulletin
Issue #16
February 5, 2026

आग्सुको केन्द्रीय टोलीद्वारा कलियाबरमा शोक श्रद्धाञ्जली तथा समवेदना व्यक्त

📅 February 5, 2026
✍️ AAGSU
🕒 12:04 AM

कलियाबर, २ फेब्रुवारी : अखिल असम गोर्खा छात्र संघ (आग्सु) केन्द्रीय समितिले संगठनका अग्रज तथा सदस्य परिवारमा परेको दुःखद घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै शोकाकुल परिवारजनसँग ऐक्यबद्धता प्रकट गरे। आज २ फेव्रुवारीको दिन आग्सु केन्द्रीय समितिका शिक्षा सचिव टिंकु पौडेल, मुखपत्र सचिव कमल ढकाल तथा साहित्य सचिव दीपक दाहालको संयुक्त टोली कलियाबर पुगेर आग्सु केन्द्रीय कार्यकारिणी समितिकी पूर्व महिला सदस्य राधा ढकालज्यूका पिताजीको असामयिक निधनप्रति श्रद्धाञ्जली अर्पण गरेको हो।
टोलीले शोकसन्तप्त परिवारजनसँग भेट गरी दिवंगत आत्माप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै यस कठिन घडीमा आग्सु सधैँ परिवारसँगै रहेको सन्देश व्यक्त गरेको थियो। उपस्थित नेताहरूले दिवंगत व्यक्तिको स्मरण गर्दै उहाँले परिवार र समाजप्रति पुर्‍याउनुभएको योगदानको चर्चा गरेका थिए। शोकको यस क्षणमा मानवीय संवेदना, आपसी सहकार्य र सामाजिक एकताको महत्व अझ बढेको उल्लेख गर्दै आग्सुले दुःखको घडीमा साथ, सहयोग र सहानुभूति नै सबैभन्दा ठूलो शक्ति भएको धारणा राखेको थियो।
त्यसै दिन आग्सु केन्द्रीय समितिका शिक्षा विभागका पूर्व सदस्य लेखनाथ शर्माज्यूका दाजु कमल शर्माको आकस्मिक निधनको दुःखद समाचार प्राप्त भएपछि संयुक्त टोली लेखनाथ शर्माज्यूको निवासमा समेत उपस्थित भएको थियो। टोलीले दिवंगत कमल शर्माप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनलाई समवेदना प्रकट गरो । यस अवसरमा आग्सुका प्रतिनिधिहरूले असामयिक निधनले परिवारमा पारेको अपूरणीय क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै दुःखको यस घडीमा संगठन सधैँ साथमा रहने प्रतिबद्धता व्यक्त गरे।
आग्सु केन्द्रीय समितिका प्रतिनिधिहरूले दुःखद घटनाले सम्पूर्ण संगठनलाई नै स्तब्ध बनाएको बताउँदै यस्ता क्षणमा संगठन केवल शैक्षिक र सामाजिक आन्दोलनमा मात्र सीमित नभई सदस्यहरूको सुख–दुःखमा समेत सहभागी रहने संस्था भएको स्पष्ट पारे। शोक सभामा सहभागी स्थानीय व्यक्तित्वहरू तथा आफन्तजनसँग पनि टोलीले भेटघाट गरी दिवंगत आत्माको चिरशान्तिको कामना गरे ।
यस शोकाकुल घडीमा अखिल असम गोर्खा छात्र संघ (आग्सु) केन्द्रीय समितिले राधा ढकालज्यूका पिताजी तथा लेखनाथ शर्माज्यूका दाजु कमल शर्माप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै सम्पूर्ण शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरे । साथै, दिवंगत आत्माहरूको स्मृतिमा परिवारलाई धैर्य, साहस र शक्ति प्राप्त होस् भन्ने कामनासहित आग्सुले दुःखको यस घडीमा एकआपसमा साथ र सहकार्यको भावना अझ मजबुत बनाउने आह्वानसमेत गरे ।

📤 Share this story
Scroll to Top