All Assam Gorkha Students' Union

All Assam Gorkha Students’ Union

” Unity | Education | Empowerment ” 

📰 AAGSU e-Bulletin
Issue #16
February 5, 2026

धेमाजीमा स्व. हरमाया दाहालज्यूको आद्य श्राद्धमा आग्सुद्वारा शोक प्रस्ताव प्रदान

📅 February 5, 2026
✍️ AAGSU
🕒 12:05 AM

धेमाजी, ०३ फेब्रुअरी २०२६ः अखिल असम गोर्खा छात्र संघ (आग्सु) धेमाजी जिल्ला समितिको स्वयंसेवक दस्ताका प्रमुख रमेन दाहालज्यूकी ममतामयी माताजी स्वर्गीय हरमाया दाहालज्यूको आद्य श्राद्ध कार्यक्रम आज धेमाजी जिल्लामा शान्त र भावुक वातावरणबीच सम्पन्न भयो। उक्त अवसरमा आग्सु केन्द्रीय समिति, धेमाजी जिल्ला समिति तथा विभिन्न आञ्चलिक समितिहरूको संयुक्त उपस्थितिमा शोकाकुल परिवारप्रति गहिरो समवेदना व्यक्त गर्दै औपचारिक शोक प्रस्ताव प्रदान गरियो।
कार्यक्रममा आग्सु केन्द्रीय समितिको तर्फबाट सेवक दस्ताका प्रमुख डी.के. लिम्बुज्यूको नेतृत्वमा प्रतिनिधिमण्डल उपस्थित रहेको थियो। साथै, धेमाजी जिल्ला गोर्खा छात्र संघका कानुनी सल्लाहकार राजु क्षेत्री, मिसिङ्ग स्वायत्त परिषद्का कार्यवाही सदस्य पदुम राईज्यू, धेमाजी जिल्ला समितिका मूल–सचिवसहित सम्पूर्ण जिल्ला नेतृत्वको उल्लेखनीय उपस्थिति रहेको थियो। त्यस्तै, सिसि बरलुङ आञ्चलिक समितिका सभापति निर्मल छेत्री र मूल–सचिव विनुद छेत्रीको उपस्थितिमा आञ्चलिक समितिका कार्यकर्ताहरू समेत कार्यक्रममा सहभागी भएका थिए।
कार्यक्रमका क्रममा आग्सु केन्द्रीय समिति, जिल्ला समिति तथा आञ्चलिक समितिको संयुक्त तर्फबाट शोक प्रस्ताव वाचन गरी स्वर्गीय हरमाया दाहालज्यूको आत्माको चिरशान्तिको कामना गरिएको थियो। शोक प्रस्तावमार्फत स्वर्गीय दाहालज्यूले आफ्नो जीवनकालमा परिवार, समाज र सन्तानको उज्ज्वल भविष्यका लागि पुर्‍याएको योगदानको स्मरण गर्दै उहाँप्रति श्रद्धाञ्जली अर्पण गरियो। साथै, शोकाकुल परिवारलाई यो दुःखद घडीमा धैर्य धारण गर्ने शक्ति मिलोस् भनी कामना व्यक्त गरिएको थियो।
केन्द्रीय सेवक दस्ताका प्रमुख डी.के. लिम्बुज्यूले मन्तव्यका क्रममा स्वर्गीय आमाप्रति श्रद्धा प्रकट गर्दै भन्नुभयो कि आग्सु परिवार केवल संगठन मात्र नभई दुःख–सुखमा एक–अर्काको साथ दिने परिवारजस्तै भएको छ। उहाँले रमेन दाहालज्यू तथा सम्पूर्ण दाहाल परिवारप्रति केन्द्रीय समितिको तर्फबाट गहिरो समवेदना व्यक्त गर्नुभयो। कानुनी सल्लाहकार राजु क्षेत्रीले पनि स्वर्गीय हरमाया दाहालज्यूको निधनले समाजले एक स्नेही र त्यागी आमालाई गुमाएको बताउँदै शोक सन्तप्त परिवारसँग संगठन सधैँ साथमा रहने प्रतिबद्धता जनाउनुभयो।
कार्यक्रमभरि उपस्थित नेतृत्त्व तथा कार्यकर्ताहरूले शान्त भावमा दिवंगत आत्माप्रति मौन श्रद्धाञ्जली अर्पण गरेका थिए। अन्त्यमा, आग्सु केन्द्रीय समिति, धेमाजी जिल्ला समिति तथा सिसि बरलुङ आञ्चलिक समितिको संयुक्त तर्फबाट शोक प्रस्ताव औपचारिक रूपमा शोकाकुल परिवारलाई हस्तान्तरण गर्दै कार्यक्रम समापन गरिएको थियो।

प्रतिवेदक: दिलिप खनाल-मूल सचिव, धेमाजी जिला समिति(आग्सु)।

📤 Share this story
Scroll to Top