All Assam Gorkha Students' Union

All Assam Gorkha Students’ Union

” Unity | Education | Empowerment ” 

📰 AAGSU e-Bulletin
Issue #16
February 5, 2026

BTR AAGSU द्धारा सम्पन्न भएको Special Merit Examination 2026 मा प्रथम स्थान प्राप्त विद्यार्थी लाई अभिनन्दन टंला आञ्चलिक द्धारा।

📅 February 5, 2026
✍️ AAGSU
🕒 12:06 AM

टंला, 04 फेब्रुअरी: अखिल असम गोर्खा छात्र संघ, वि.टि.आर क्षेत्रीय समितिले आयोजना गरेको Special Merit Examination 2026 मा प्रथम स्थान प्राप्त गर्न सक्षम भएका आञ्चलिक अन्तर्गत श्री चन्द्र थापा र सुश्री चन्दना थापा का सुपुत्र विवेक थापा ले हासिल गरेको गौरवमय सफलताको उपलक्ष्यमा आञ्चलिक समितिका पदाधिकारीहरू उहाँकै गृहमा उपस्थित भई अभिनन्दन तथा शुभेच्छा व्यक्त गर्दछ।

यस विशेष अवसरमा आञ्चलिक समितिका सभापति श्री सुरज कार्की, उपसभापति श्री बिजु जोगी, मूल सचिव श्री संजय छेत्री तथा सहसचिव श्री चन्दन छेत्री सहभागी हुनु भएको थियो। टोलीले विवेक थापालाई खादा ओढाई सम्मान प्रदान गर्दै उहाँको मेहनत, अनुशासन र लगनशीलताको उच्च प्रशंसा गरेको थियो। साथै, अभिभावकद्वयलाई पनि यस्तो प्रतिभाशाली सन्तानलाई उचित मार्गदर्शन र प्रेरणा प्रदान गरेकोमा धन्यवाद तथा शुभकामना व्यक्त गर्दछ।

कार्यक्रमका क्रममा उपस्थित पदाधिकारीहरूले विवेक थापाको यस उपलब्धिले सम्पूर्ण क्षेत्र, समाज र संगठनलाई गर्वान्वित बनाएको उल्लेख गर्दै आगामी दिनहरूमा अझ उच्च शैक्षिक शिखर चुम्न सफल होस् भन्ने शुभकामना व्यक्त गर्नुभयो। उहाँको सफलता अन्य विद्यार्थीहरूका लागि प्रेरणाको स्रोत बन्ने विश्वास समेत व्यक्त गरिएको थियो।

यस प्रकारको उपलब्धिले शैक्षिक क्षेत्रप्रति विद्यार्थीहरूको आकर्षण बढाउनुका साथै संगठनले शिक्षा क्षेत्रमा गरिरहेको सकारात्मक पहललाई थप बल पुर्‍याएको अनुभूति गरिएको छ। अन्त्यमा, विवेक थापाको उज्ज्वल भविष्यको कामना गर्दै कार्यक्रम सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको थियो।

प्रतिवेदन : सञ्जय छेत्री, मुल सचिव, टंला आञ्चलिक समिति (आग्सु )

📤 Share this story
Scroll to Top