
टंला, 06 फेब्रुअरी 2026: ओडालगुडी जिल्ला अन्तर्गत टङ्लामा आयोजना गरिएको निखिल बोडो छात्र संघ (ABSU) को केन्द्रीय 58औँ वार्षिक अधिवेशनमा अखिल असम गोर्खा छात्र संघ (AAGSU) को गरिमामय उपस्थिति रहेको थियो। अधिवेशनको दोस्रो दिन आयोजित विशेष कार्यक्रम “GET-TOGETHER MEET OF SOCIAL & STUDENTS ORGANISATION” अन्तर्गत “Understanding and Connecting our Cultures, Language and Social Values for Sustainable Peace, Harmonious and Vibrant BTR & Assam” शीर्षकको महत्वपूर्ण अन्तरक्रियात्मक सत्रमा आग्सुका शीर्ष नेतृत्वको सहभागिता उल्लेखनीय रह्यो।
उक्त कार्यक्रममा आग्सुका सभापति श्री सुनिल कुमार छेत्री, मुख्य सल्लाहकार श्री बिरेन्द्र सुब्बा तथा विटिआर क्षेत्रीय समितिका सभापति श्री रोहित कुमार दाहालको गरिमामय उपस्थिति रहेको थियो। साथै आग्सुका प्रचार सचिव श्री सोमराज सोनार, IT सचिव श्री किरण खड्का, सांस्कृतिक सचिव श्री त्रिदेव विष्ट, आग्सु विटिआर क्षेत्रीय समितिका उपसभापति श्री पूर्ण विष्ट, ओडालगुडी जिल्ला समितिका उपसभापति श्री किरण सिग्देल, कार्यकारिणी सदस्य श्री रुपम आत्रेय, टङ्ला आञ्चलिक समितिका सभापति श्री सुरज कार्की, उपसभापतिद्वय श्री मनोज सिग्देल र श्री बिजु जोगी, मूल सचिव श्री सञ्जय छेत्री तथा आग्सु सुभचिन्तक श्री कुमार प्रधानको उपस्थिति रहेको थियो।

कार्यक्रममा विभिन्न जाति–जनजातिका छात्र संघका नेतृत्ववर्गको बाक्लो सहभागिता देखिनु अन्तरसमुदायिक सद्भाव, आपसी समझदारी र सांस्कृतिक आदान–प्रदानको सशक्त उदाहरणका रूपमा देखियो। छलफलका क्रममा भाषा, संस्कृति, सामाजिक मूल्य तथा दीगो शान्ति स्थापना सम्बन्धी विषयमा गहन विचार आदान–प्रदान भएको थियो।
उक्त कार्यक्रमले बोडो तथा गोर्खा जातिबीचको ऐतिहासिक भाइचारा, आपसी विश्वास र सहकार्यलाई अझ सुदृढ बनाएको छ भन्ने आशा व्यक्त गरिएको थियो। यस किसिमको अन्तरक्रियाले दुई समुदायबीच भाषा, संस्कृति र सामाजिक मूल्यप्रति आपसी सम्मान र बुझाइलाई थप गहिरो बनाउँदै भविष्यमा सहकार्यका नयाँ ढोका खोल्ने विश्वास समेत व्यक्त गरियो। साथै, यस्ता पहलहरूले BTR र असममा दीगो शान्ति, सद्भाव र सहअस्तित्वको वातावरण निर्माणमा महत्वपूर्ण टेवा पुग्ने धारणा राखिएको थियो।
प्रतिवेदन : श्री सञ्जय छेत्री, मुल सचिव, टंला आञ्चलिक समिति।