All Assam Gorkha Students' Union

All Assam Gorkha Students’ Union

” Unity | Education | Empowerment ” 

📰 AAGSU e-Bulletin
Issue #18
February 19, 2026

शोणितपुर जिल्ला समितिको अधिवेशन तथा प्रतिनिधि सभा ८ मार्चको दिन तेजपुरमा गर्ने निर्णय

📅 February 19, 2026
✍️ AAGSU
🕒 12:02 AM

शोणितपुर, १५ फेब्रुअरी २०१६: आग्सु शोणितपुर जिल्ला समितिको कार्यकारीणि तथा बर्धित कार्यकारीणि सभा १५.०२.२०१६ तारिखका दिन सम्पन्न भएको छ। संगठनको भावी कार्यदिशा र कार्यक्रमहरूलाई मध्यनजर गर्दै आयोजना गरिएको उक्त सभाले महत्वपूर्ण निर्णयहरू पारित गरेको जनाएको छ।
सभामा आगामी मार्च महिनाको ८ तारिख एक दिवसीय अधिवेशन तथा प्रतिनिधि सभा आयोजना गर्ने सिद्धान्तगत निर्णय सर्वसम्मत रूपमा ग्रहण गरिएको जानकारी प्राप्त भएको छ। साथै उक्त प्रतिनिधि सभा तेजपुर सहरमा सम्पन्न गरिने विषयमा पनि सभाले सिद्धान्ततः स्वीकृति प्रदान गरेको छ। यस निर्णयलाई संगठनको आगामी रणनीतिक कदमका रूपमा हेरिएको छ, जसले जिल्ला स्तरमा संगठनात्मक सुदृढीकरण र वैचारिक एकताको सन्देश दिने अपेक्षा गरिएको छ।
सभामा जिल्ला सभापति दीपक सुब्बाको अध्यक्षतामा बैठक सञ्चालन भएको थियो। साथै भारप्राप्त मूल–सचिव पंकज चम्लागाँई, कार्यकारीणि सदस्य सूजित थापा र चन्द्रं गौतम लगायत विभिन्न पदाधिकारी वर्गको उल्लेखनीय उपस्थिति रहेको थियो। उपस्थित सदस्यहरूले संगठनको आगामी प्रतिनिधि सभालाई प्रभावकारी, व्यवस्थित र सफल बनाउन आवश्यक तयारीबारे गम्भीर छलफल गरेका थिए।
बैठकमा विभिन्न आञ्चलिक समितिहरूको सक्रिय सहभागितामा प्रतिनिधि सभा सुचारु रूपमा सम्पन्न गर्नुपर्नेमा जोड दिइएको थियो। विशेषगरी कार्यक्रम व्यवस्थापन, प्रतिनिधि समन्वय, प्रचार–प्रसार तथा आर्थिक व्यवस्थापनका विषयमा विस्तृत रूपमा विचार–विमर्श गरिएको थियो। प्रतिनिधि सभा सफल बनाउन आवश्यक अर्थ सहयोग संकलनको प्रक्रिया, स्रोत परिचालन तथा आञ्चलिक समितिहरूबीच समन्वय कायम गर्ने विषयमा समेत महत्वपूर्ण सुझावहरू राखिएको थियो।
वक्ताहरूले संगठनको सुदृढीकरणका लागि प्रतिनिधि सभा केवल औपचारिक कार्यक्रम नभई वैचारिक मञ्चका रूपमा स्थापित हुनुपर्ने धारणा व्यक्त गरेका थिए। जिल्ला स्तरदेखि आञ्चलिक तहसम्म संगठनात्मक एकता, अनुशासन र प्रतिबद्धता झल्किने गरी कार्यक्रम सम्पन्न गर्नुपर्नेमा सबैले जोड दिएका थिए।
सभाको अन्त्यतिर जिल्ला सभापति दीपक सुब्बाले प्रतिनिधि सभा सफल बनाउन प्रत्येक पदाधिकारी तथा सदस्यले आ–आफ्नो जिम्मेवारी इमान्दारीपूर्वक निर्वाह गर्नुपर्ने निर्देशन दिएका थिए। संगठनको प्रतिष्ठा र भविष्यसँग जोडिएको कार्यक्रम भएकाले कुनै किसिमको कमी कमजोरी हुन नदिन सबैलाई सक्रिय भूमिका निर्वाह गर्न आह्वान गरिएको थियो।
अन्ततः आगामी ८ मार्चमा तेजपुर सहरमा आयोजना गरिने एक दिवसीय अधिवेशन तथा प्रतिनिधि सभा सफलतापूर्वक सम्पन्न गर्ने दृढ प्रतिबद्धतासहित सभा भंग गरिएको जनाएको छ।

प्रतिवेदक: चन्द्र गौतम- कार्यकारिणी सदस्य, शोणितपुर जिला समिति।

📤 Share this story
Scroll to Top