
चापाखोवा (शदिया), २२ जनवरी २०२६: अखिल असम गोर्खा छात्र संघ (आग्सु) शरिया महाविद्यालय शाखाको प्रतिनिधि सभा आज गोर्खा भवन, गुरुङ बस्ति, चापाखोवामा भव्य रूपमा सम्पन्न भएको छ। संगठनको आगामी कार्यकालका लागि नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरिएको जानकारी प्राप्त भएको छ।
प्रतिनिधि सभाबाट पवन क्षेत्री (सुनपुरा नतुन बालिजन) लाई सभापतिमा चयन गरिएको छ। उप–सभापतिहरूमा राहुल क्षेत्री (सुनपुरा), लक्की दर्नाल (एक्स–कॉलोनी), उषा निरौला (अम्बिकापुर), अलिना दोर्जी (अम्बिकापुर) र भक्तिबिलाश गौतम (सुनपुरा) चयन भएका छन्।
सचिव पदमा कृष्णमाया निरौला (अम्बिकापुर) चयन भएकी छन् भने सह–सचिवहरूमा अभिनाश पौडेल (सन्तिपुर), ज्योति क्षेत्री (अम्बिकापुर), निकिता पौडेल (बुढा–बुढी) र सुजन श्रेष्ठ (घुम्टिबिल) चयन भएका छन्। संगठन सचिवमा निकिता थापा (अम्बिकापुर) र सागर क्षेत्री (बुढा–बुढी) चयन भए। शिक्षा सचिवमा सुजाता तामाङ (उदिपुर) र आदित्य सोनार (सुनपुरा) लाई जिम्मेवारी दिइएको छ।
प्रचार सचिवमा सुर्य क्षेत्री (देवपानी तोरिबारी) र संगम अधिकारी (बोरगोराह) चयन भएका छन् भने सांस्कृतिक सचिवमा सुरज लिम्बू (हराम बस्ती), लक्ष्मी क्षेत्री (सेउज नगर) र कुशल क्षेत्री (सेउज नगर) चयन भए। खेलकुद सचिवहरूमा विजय क्षेत्री (मिलन नगर), राहुल क्षेत्री (८ माइल), प्रबिन गुरुङ (८ माइल) र वीर बहादुर तामाङ (देवपानी तोरिबारी) चयन भएका छन्।
स्वयंसेवक प्रमुखमा मोहन क्षेत्री र दीपक क्षेत्री चयन भएका छन्। पत्रिका सचिवमा बिशाल उपाध्याय (उदिपुर), आशिक तामाङ (८ माइल) र हिमन्त क्षेत्री (बोरगोराह) चयन भए। साहित्य सचिवमा निता दाहाल (सन्तिपुर) चयन भएकी छन्। स्वास्थ्य सचिवमा निशा दाहाल (देवपानी तोरिबारी/सुनपुरा) र आकाश तामाङ (उदिपुर) चयन भएका छन्।
कार्यकारिणी सदस्यहरूमा हेमा थापा (नाहरबारी), महिमा शर्मा (चापाखोवा), सविता क्षेत्री (घोरामुरा), बम बहादुर दोर्जी (मिलन नगर), रोबिन पोइनी (सुनपुरा), गौरव क्षेत्री (अम्बिकापुर), सुभाष थापा र अंकित थापा (अम्बिकापुर/हराम बस्ती) चयन भएका छन्।
नव–निर्वाचित कार्यसमितिलाई प्रतिनिधि सभामा उपस्थित विद्यार्थी तथा अभिभावकहरूले बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्। सभामा संगठनलाई शैक्षिक, सांस्कृतिक तथा सामाजिक क्षेत्रमा अझ सशक्त बनाउने प्रतिबद्धता व्यक्त गरिएको थियो। नयाँ नेतृत्वले विद्यार्थी हक–हित, शैक्षिक सुधार र सामुदायिक एकतामा विशेष जोड दिने बताइएको छ।
यस प्रतिनिधि सभासँगै आग्सु शरिया महाविद्यालय शाखाले नयाँ ऊर्जा र योजनासहित आगामी दिनहरूमा संगठनात्मक गतिविधि सशक्त रूपमा अगाडि बढाउने विश्वास लिइएको छ।
समितिको विवरण का लागि याहा क्लिक गर्नु होला
प्रतिवेदक: जितु छेत्री- सभापति, पच्छिम सदिया आञ्चलिक समिति।