
गत ०९ नोभेम्बर २०२५ का दिन अखिल असम गोरखा छात्र संघ (AAGSU), पश्चिम कार्बी आङ्लोङ जिल्ला समितिको आयोजनामा सम्पन्न भएको गोर्खा ज्ञानज्योति अन्वेषण परीक्षा २.० को परिणाम आज मिति ०२ मार्च २०२६ का दिन औपचारिक रूपमा घोषणा गरिएको छ।
जिल्लाभरिका जम्मा पाँचवटा परीक्षा केन्द्रहरूमा सफलतापूर्वक सञ्चालन गरिएको उक्त परीक्षामा २०० भन्दा बढी विद्यार्थीहरूले उत्साहपूर्वक सहभागिता जनाएका थिए। यस परीक्षाको मुख्य उद्देश्य विद्यार्थीहरूमा शैक्षिक प्रतिस्पर्धाको भावना विकास गर्नुका साथै ज्ञान, सीप र आत्मविश्वास अभिवृद्धि गर्नु हो।
आज सार्वजनिक गरिएको परिणाम अनुसार उत्कृष्ट प्रदर्शन गर्दै प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने विद्यार्थीहरू यस प्रकार रहेका छन्–
प्रथम स्थान: सन्जु छेत्री
द्वितीय स्थान: सुशमिता सुवेदी
तृतीय स्थान: विनोद शर्मा
उत्कृष्ट नतिजा हासिल गर्ने यी प्रतिभाशाली विद्यार्थीहरूलाई जिल्ला समितिको तर्फबाट प्रोत्साहनस्वरूप एकमुष्ट आर्थिक पुरस्कार प्रदान गरिने घोषणा गरिएको छ। जसअनुसार—
• प्रथम स्थान: रु. १०,०००/-
• द्वितीय स्थान: रु. ७,०००/-
• तृतीय स्थान: रु. ३,०००/-
यस कार्यक्रममार्फत विद्यार्थीहरूको प्रतिभा पहिचान गरी प्रोत्साहन गर्ने तथा आगामी दिनहरूमा अझ उत्कृष्ट शैक्षिक वातावरण निर्माण गर्ने लक्ष्य लिइएको आयोजक समितिले जनाएको छ।
गोर्खा ज्ञानज्योति अन्वेषण परीक्षा २.० को पूर्ण परिणाम तथा विस्तृत विवरण WWW.AAGSU.ORG मा हेर्न सकिनेछ।
सम्पूर्ण सहभागी विद्यार्थीहरू, अभिभावकहरू, शिक्षकवृन्द तथा सहयोगी संस्थाहरूमा हार्दिक धन्यवाद ज्ञापन गर्दै आगामी दिनहरूमा अझ व्यापक र प्रभावकारी कार्यक्रमहरू सञ्चालन गरिने प्रतिबद्धता व्यक्त गरिएको छ।
प्रतिवेदक: सोनी भुजेल- मूल सचिव, पच्छिम कार्बि आंलङ जिला समिति।