
तिनसुकिया, ०५ अप्रेल २०२६ : अखिल असम गोर्खा छात्र संघ पेन्ग्री आञ्चलिक समितिको २ न. टकाै पथार स्थित जलेश्वरी दुर्गा पूजा मण्डपको प्राङ्गण मा भव्य रुपमा सपथ ग्रहण समारोह सम्पन्न हुन्छ ।
गत २१ मार्च २०२६ तारिक को दिन
ब्रह्माजान पंचायतको प्रेक्षागृहमा पेँग्री आञ्चलिक समिति गठन भएको थियो।
उक्त सपथ ग्रहण समारोहमाई तिनसुकिया जिल्ला समिति अन्तर्गत गोर्खा नारी परिषद पेँग्री आञ्चलिक समिति पनि गठन हुन्छ । जसमा सर्व सम्मति को साथ सभाले सभानेत्री अनिता उपाध्याय र सम्पदिका रुनु उपाध्याय को संग संगै ३२ जनाको एउटा दर्बीलो नारी परिषद समिति गठन गर्छ ।
अखिल असम गोर्खा छात्र संघ पेँग्री आञ्चलिक समिति (आग्सु) र गोर्खा नारी परिषद पेँग्री आञ्चलिक समिति लाई तिनसुकिया जिल्ला समिति का सांगठनिक सचिव जतन प्रधानले सपथ वाक्य पाठ गराउँछन् ।
उक्त सपथ ग्रहण समारोह मा आगामी दिनहरूमा पेन्ग्री आञ्चलिक समिति (आग्सु) र भग्नी संगठन गोर्खा नारी परिषद
पेन्ग्री आञ्चलिक समितिले एक संगै मिलेर अञ्चलबासी को समस्या को माथि पूर्ण निष्ठाले काम गर्ने वाचा कसम खाएका छन्।
उक्त सभामा मुख्य अतिथि को रूपमा गोर्खा छात्र संघ तिनसुकिया जिल्ला समिति का सभापति देव गुरुङ र मूल सचिव शंकर जैसी उपस्थित थिए। विशिष्ठ अतिथिको रूपमा उपस्थित थिए जिल्ला उपदेष्ठा पत्रिका लिम्बू, दिलीप छेत्री उप सभापति मिलन शर्मा, गोपी छेत्री सह सचिव अरुण छेत्री, सुबाश तामाङ सांगठनिक सचिव जतन प्रधान ल, दल लिम्बू शिक्षा सचिव खेम छेत्री सह शिक्षा सचिव पूर्व आन्सु लोकनाथ नेवार को साथै स्थानीय बुद्धिजीवी हरुको बाक्लो उपस्थिति थियो ।
प्रतिवेदक: जतन प्रधान- सांगठनिक सचिव (IT Incharge), ,तिनसुकिया जिल्ला समिति।