
बङगाईगाउँ,७ अप्रिल,२०२६ : बङगाईगाउँ ज़िल्ला समिति, आग्सुको बर्धित कार्यकारिणी सभा आज बङगाईगाउँको हार एक क्षेत्रका गोर्खा सन्तानलाई संगठन प्रतिको विश्वास र चाह जोगाउन उद्देश्य बङगाईगाउँ अन्तर्गत भद्रागाउँ, शिव मन्दिर प्राङ्गणमा सम्पन्न हुन्छ। जिल्ला समितिको आह्वानमा आयोजित सभामा जिल्ला समिति, आन्चलिक समितिका कर्मकर्त लगायत स्थानीय युवा हरुको बाक्लो उपस्थिति रहन्छ।
उक्क्त सभामा जिल्ला समितिले क्षेत्रका युवा हरुलाई संगठनको महत्ता र संगठनले जातिको लागि गरेको अवदन हरु विस्तारमा बताउनको साथै संगठनमा सक्रिय रहदोई संगठनलाई अझै दर्बिलो गर्न साथ र सहयोग गर्न आह्वान गर्दछ।
सभामा क्षेत्रका गोर्खा सन्तानको बिसेस गरि छात्र- छात्राका समस्या माथि गम्भीर चर्चा गर्दछ।
सभामा संगठन दर्विलो नभएको खण्डमा आउदा दिनहरुमा जति माथि कस्तो समस्या हरु आउन सक्छ र समितिले संगठनलाई दर्विको गर्न कस्तो कदम चल्दोइछ आधि विषयमा चर्चा गर्दछ।
सभामा हर एक समयमा हामी गोर्खा लाई अबहेला गर्नुको कारण समितिको दुर्वलता हुनको कारणले थियो र अब तियो सोचलाई परिवर्तन गर्न समितिको मुख्य भूमिका रहने छ भन्ने प्रभाकर छेत्री सभापति,बङगाईगाउँ ज़िल्ला समिति, आग्सुको भनाई थियो साथै जिल्लामा जातिको पहिचान, हक र अधिकारको लागी एकजुट हुन आह्वान गर्नु हुन्छ।
उक्त सभामा HSLC र HS परीक्षाको फालाफाल पछि संवर्द्धना कार्यक्रम साथै करियर काउन्सिलिङ गर्ने विषयमा चर्चा गर्दछ।
प्रतिवेदन: योगेश गिरि-सूचना एवं प्रविधि सचिव, बङगाईगाउँ जिल्ला समिति (आग्सु)