All Assam Gorkha Students' Union

All Assam Gorkha Students’ Union

” Unity | Education | Empowerment ” 

📰 AAGSU e-Bulletin
Issue #29
May 7, 2026

बाक्सा जिल्लामा आग्सुको १९ औं द्वि–वार्षिक अधिवेशन सम्पन्न, नयाँ जिल्ला समिति चयन

📅 May 7, 2026
✍️ AAGSU
🕒 12:04 AM

बाक्सा, ३ मई २०२६: अखिल असम गोर्खा छात्र संघ बाक्सा जिल्ला समितिको १९ औं द्वि–वार्षिक अधिवेशन, प्रतिनिधि सभा तथा शैक्षिक सजागता एवं विशेष सम्बर्धना समारोह बास्का आञ्चलिक समितिको आतिथ्यमा ज्ञानपीठ डिग्री कलेज, प्रेक्षागृह, निकासीमा ०२ र ०३ मई २०२६ का दिन भव्यताका साथ सम्पन्न भएको छ। कार्यक्रममा जिल्लाभरिका प्रतिनिधिहरू, विद्यार्थी, अभिभावक तथा विभिन्न सामाजिक व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रमको पहिलो दिन निर्धारित समयमै शैक्षिक सजागता एवं विशेष सम्बर्धना सभा आयोजना गरिएको थियो। उक्त सभामा केन्द्रीय समितिका कार्यनिर्वाहक सभापति श्रीमान सञ्जीव चौहान मुख्य अतिथिको रूपमा उपस्थित हुनूभो । अति विशिष्ट अतिथिको रूपमा असम लोकसेवा आयोगका पूर्व अध्यक्ष श्रीमान देवराज उपाध्यायको उपस्थिति रहेको थियो भने निर्दिष्ट वक्ताका रूपमा केन्द्रीय समितिका मूल–सचिव श्रीमान नुमल छेत्रीले सम्बोधन गरेका थिए। साथै केन्द्रीय समितिका अन्य विभिन्न पदाधिकारीहरूको पनि उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रममा बि. टि. सि क्षेत्रीय समितिका सभापति रोहित कुमार दाहाल तथा मूल–सचिव राजु सुबेदीको विशेष उपस्थिति रहेको थियो।

उक्त दिनको विशेष सम्बर्धना कार्यक्रम अन्तर्गत बाक्सा जिल्ला अन्तर्गतका आग्सुका पूर्व सभापति तथा मूल–सचिवहरूलाई सम्मान गरिएको थियो। साथै H.S. तथा H.S.L.C. परीक्षामा उत्तीर्ण भई सर्वोच्च अङ्क प्राप्त गर्ने विद्यार्थीहरूलाई पनि विशेष रूपमा सम्बर्धना गरिएको थियो। सम्मानित व्यक्तित्वहरूलाई प्रमाणपत्र तथा सम्मान सामग्री प्रदान गरिएको थियो। वक्ताहरूले शिक्षा प्रति सचेतना अभिवृद्धि गर्नुपर्नेमा जोड दिएका थिए।

पहिलो दिनकै बेलुका बाक्सा र हिमाली दुई आञ्चलिक समितिको प्रतिनिधि सभा सम्पन्न भएको थियो। बाक्सा आञ्चलिक समिति चन्दन भुसाल सभापति तथा मूल–सचिव राजु कार्कीको नेतृत्वमा गठन गरिएको छ भने हिमाली आञ्चलिक समिति प्रदीप राई सभापति तथा मूल–सचिव अजय बिश्वकर्माको नेतृत्वमा गठन गरिएको जानकारी दिइएको छ।

कार्यक्रमको दोस्रो दिन बाक्सा जिल्ला समितिको प्रतिनिधि सभा सम्पन्न भएको थियो। उक्त सभामा केन्द्रीय समितिका सांगठनिक सचिव दुर्गा बस्नेत, प्रचार सचिव लक्षी शर्मा, सांस्कृतिक सचिव त्रिदेव बिष्ट तथा खेलकुद सचिव मोहन विश्वकर्मा साथै बि.टि.सि. क्षेत्रीय समितिबाट सांगठनिक सचिव नेत्र उपाध्याय पर्यवेक्षक को रुपमा उपस्थिति रहेको थियो। सभामा विभिन्न एकाइहरूबाट आएका प्रतिनिधिहरूले आफ्नो प्रतिवेदन प्रस्तुत गर्दै संगठन सुदृढीकरणबारे छलफल गरेका थिए।

अधिवेशनले नयाँ जिल्ला समिति सर्वसम्मत रूपमा चयन गरेको छ। नवनिर्वाचित सभापतिमा दिपेन्द्र कार्की चयन भएका छन्। उप–सभापतिहरूमा खिरोज दाहाल, राम निरौला, अमकान्त पौडेल, दिपक कुमार फुयाल तथा बिजु छेत्री चयन भएका छन्। मूल–सचिवमा हेमराज सापकोटा, सचिवहरूमा भुबन सो नारी,चन्द्र पराजुली, मन बहादुर प्रधान र नन्द बुराठोकी चयन भएका छन्।

त्यसैगरी सांगठनिक सचिवहरूमा धर्म भण्डारी, वीरेन्द्र शर्मा, जीवन गौतम र रोशन बुराठोकी चयन भएका छन्। प्रचार सचिवमा राजेन्द्र न्यौपाने, शिक्षा सचिवमा पुष्पा भट्टराई, मुखपत्र सचिवमा प्रिथु पराजुली, कार्यालय सचिवमा देवराज गौतम, सांस्कृतिक सचिवमा गणेश संग्रौला, खेलकुद सचिवमा पवन भण्डारी, अर्थ सचिवमा गोपाल प्रधान, साहित्य सचिवमा जय नारायण घिमिरे, स्वयंसेवी दस्ता प्रमुखमा भल बहादुर कटुवाल तथा आईटी सचिवमा पवन सोनारी चयन भएका छन्।
कार्यकारिणी सदस्यहरूमा बिष्णु क्षेत्री, राजु कार्की, लेख रेग्मी, जगन पौडेल, मनोज गुरागाईं, दीप क्षेत्री तथा हेमन्त शर्मा चयन भएका छन्।

दुई दिने अधिवेशनले संगठनलाई नयाँ नेतृत्व प्रदान गर्दै आगामी दिनमा विद्यार्थी केन्द्रित कार्यक्रमहरूलाई अझ सशक्त रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरिएको छ। कार्यक्रम सफलतापूर्वक सम्पन्न भएपछि आयोजक समितिले सम्पूर्ण अतिथि, सहभागी तथा सहयोगीहरूप्रति आभार व्यक्त गरेको छ।

प्रतिवेदक: पवन सोनारी-सुचना एवं प्रविधि सचिव, वाक्सा जिल्ला समति।

📤 Share this story
Scroll to Top