मिति: ०६ फेब्रुअरी २०२५, बिहीवार: स्थान: निखिल राभा छात्र संघ केन्द्रीय कार्यालय, दुधनई, गोवालपारा जिल्ला
अखिल असम गोर्खा छात्र संघ (AAGSU) को केन्द्रीय प्रतिनिधि मण्डल निखिल राभा छात्र संघ(ARSU) सँग संयुक्त सभा सम्पन्न गर्न गोवालपारा जिल्लाको दुधनैस्थित निखिल राभा छात्र संघ (ARSU) को केन्द्रीय कार्यालयमा उपस्थित भयो।
अखिल असम गोर्खा छात्र संघ (AAGSU) का सम्माननीय सभापति श्री सुनील छेत्री, उप-सभापति श्री रोहित लम्साल, मूल-सचिव श्री नुमल छेत्री, सह-सचिव श्री राम श्रेष्ठ, कार्यालय सचिव बिकास शर्मा, स्वास्थ्य सचिव श्री लोहित छेत्री र कार्यकारिणी सदस्यद्वय श्री सोमराज सोनार, श्री किरण खर्काको प्रतिनिधि टोलीले यस सभामा भाग लियो।
यस्तै, अखिल असम गोर्खा छात्र संघ (AAGSU) कामरुप जिल्ला समितिका सल्लाहकार श्री हरि शर्मा, सभापति श्री गोविंद शर्मा, उप-सभापति श्री प्रकाश उपाध्याय, मूल-सचिव श्री अमर सोनार, तथा गोवालपारा जिल्ला समितिका सभापति श्री बिनोद लम्साल र मूल-सचिव श्री कमल उपाध्याय सहित दुबै जिल्लाका विभिन्न पदाधिकारीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
निखिल राभा छात्र संघका तर्फबाट सभापति श्री मोतीलाल बासाक, उप-सभापति श्री प्रदीप राभा, मूल-सचिव डा. सुवास राभा, सह-सचिव श्री देवानंद पान र श्री रुप कुमार राभा, सांगठनिक सचिव श्री प्रतुल रांखो, तथा वित्त सचिव श्री राजीव राभा को गरिमामय उपस्थिति रह्यो।
संयुक्त सभाका मुख्य विषयहरू
सभामा राभा हासं स्वायत्त शासित परिषद अन्तर्गत कामरुप र गोवालपारा जिल्लामा बसोबास गर्ने गोर्खा समुदायको भूमि अधिकार, साथै सांविधिक, शैक्षिक, सांस्कृतिक, सामाजिक तथा राजनैतिक मुद्दाहरूमा गहन छलफल गरियो।
सर्वसम्मत पारित प्रस्तावहरू
दुवै संघका प्रतिनिधिहरूबीच विस्तृत विचार-विमर्शपछि निम्न प्रस्तावहरू सर्वसम्मत पारित गरियो:
प्रस्तावहरू
- आजको सभाले राभा हासं श्वायत्व शासित परिसद अन्तर्गत बसो-बास गर्ने बिभिन्न जाति-जनगोष्ठिको सम-अधिकार, सम-उन्नयन, सम-विकासको निम्ति निखिल राभा छात्र संघ(ARSU)ले गरी आएको संग्राम तथा दाबीहरु प्रति अखिल असम गोर्खा छात्र संघ(AAGSU)ले सम्पूर्ण समर्थन गर्नुका साथ-साथै निखिल राभा छात्र संघ(ARSU)ले पनी आखिल असम गोर्खा छात्र संघ (AAGSU)का गणतांत्रिक संग्राममा पुर्ण सहयोग गर्ने प्रस्ताव पारित हुन्छ।
- आजको सभाले राभा हासं श्वायत्व शासित परिसद अन्तर्गत वसोबास गर्ने गोर्खा जनगोष्ठीको भाषा, साहित्य,संस्कृति एवं खेलकूदको क्षेत्रमा विकासको निम्ति एक विशेष निति प्रस्तुत गर्नको निम्नि राभा हासं श्वायत्व शासित परिसदलाइ दावी जनाउने प्रस्ताव पारित हुन्छ।
- आजको सभामा राभा हासं अन्चलका स्वतंत्रता संग्रामी हरुको स्मृतिमा स्मारक स्तम्भ निर्माण गर्ने प्रस्ताव पारित हुन्छ।
- आजको सभामा संयुक्त संग्राम समितिका प्रस्तावहरुलाइ अखिल असम गोर्खा छात्र संघ (AAGSU)ले समर्थन गर्देइ जाने साझा प्रस्ताव पारित हुन्छ।
यो बैठक आपसी सहयोग, सहकार्य, र समुदायको हकहित प्रवर्द्धनका लागि महत्वपूर्ण माइलस्टोन सावित भएको छ।