गुवाहाटी, 17 अक्टोबर : असमको प्रतिष्ठित शैक्षणिक संस्था B. Borooah महाविद्यालयमा हुन गईरहेको विद्यार्थी संघको निर्वाचनमा यसपटक गोर्खा समुदायका विद्यार्थीनीहरूको उत्साहजनक सहभागिता देखिएको छ।

गोर्खा विद्यार्थीनी अक्षिता शर्मा सह सचिव पदका लागि, आकांक्षा छेत्री सांस्कृतिक सचिव पदका लागि, र सृष्टि शर्मा छात्रा विश्राम कोठा सचिव पदका लागि प्रतिस्पर्धामा उत्रिएका छन्।
उनीहरूको मनोबल वृद्धि गर्न आज अखिल असम गोर्खा छात्र संघ (AAGSU) का पदाधिकारीहरू महाविद्यालयमा उपस्थित भई उम्मेदवारहरूसँग सल्लाह–परामर्श गर्दै पूर्ण सहयोग र समर्थनको बाचा गर्नुभएको छ।
AAGSU नेतृत्वले यस सहभागितालाई गोर्खा विद्यार्थी समुदायको शैक्षणिक र नेतृत्व क्षमताको उदाहरणका रूपमा लिएको छ र आगामी दिनहरूमा अझ सशक्त उपस्थिति जनाउने प्रतिबद्धता जनाएको छ।