All Assam Gorkha Students' Union

All Assam Gorkha Students’ Union

” Unity | Education | Empowerment ” 

📰 AAGSU e-Bulletin
Issue #30
May 14, 2026

आग्सु मोरिगाउँ जिल्ला समितिद्वारा क्यालेन्डर वितरण कार्यक्रम सुरु

📅 May 14, 2026
✍️ AAGSU
🕒 12:05 AM

मोरिगाउँ, मिति: १२ मे, २०२६ All Assam Gorkha Students’ Union मोरिगाउँ जिल्ला समितिले आफ्नो आधिकारिक क्यालेन्डर सफलतापूर्वक प्रकाशन गरी जिल्लाका विभिन्न स्थानहरूमा वितरण कार्यक्रम सञ्चालन गरिरहेको छ।

जिल्ला समितिका पदाधिकारी तथा सदस्यहरूको सक्रिय सहभागितामा घर–घर पुगेर क्यालेन्डर वितरण गरिँदैछ। यस कार्यक्रमको मुख्य उद्देश्य संगठन र समाजबीचको सम्बन्धलाई अझ मजबुत बनाउनुका साथै आग्सुको गतिविधि र सन्देश प्रत्येक घरसम्म पुर्‍याउनु हो।

कार्यक्रममा सहभागी सदस्यहरूले यस अभियानको हिस्सा बन्न पाउँदा खुसी व्यक्त गरेका छन्। अभियानलाई
“घर–घर आग्सु, हर घर आग्सु”
भन्ने नारासहित अगाडि बढाइँदैछ।

क्यालेन्डर वितरण कार्यक्रममार्फत मोरिगाउँ जिल्ला समितिले संगठनको एकता, सक्रियता तथा सामाजिक प्रतिबद्धतालाई थप मजबुत बनाउने प्रयास गरिरहेको छ। स्थानीय व्यक्तिहरूले पनि समितिको यस कार्यको प्रशंसा गर्दै सदस्यहरूलाई आत्मीय स्वागत गरेका छन्।

आगामी दिनहरूमा पनि जिल्लाभर यस्ता सामाजिक तथा संगठनात्मक कार्यक्रमहरू निरन्तर सञ्चालन गरिने जिल्ला समितिले जनाएको छ।

प्रतिवेदक: आदित्य शर्मा- सुचना एवं प्रविधि सचिव, मोरिगाउँ जिल्ला समिति।

📤 Share this story
Scroll to Top