All Assam Gorkha Students' Union

All Assam Gorkha Students’ Union

” Unity | Education | Empowerment ” 

📰 AAGSU e-Bulletin
Issue #40
July 23, 2026

आग्सुको १९औँ द्विवार्षिक (स्वर्ण जयन्ती वर्ष कार्यकाल) प्रतिनिधि सभा सम्पन्न, नुमल छेत्री सभापति र सोमराज सोनार मुल सचिव निर्वाचित।

📅 July 23, 2026
✍️ AAGSU
🕒 12:01 AM

सिलापथार (धेमाजी), १५ जुलाई २०२६ : अखिल असम गोर्खा छात्र संघ (आग्सु) को १९औँ द्विवार्षिक (स्वर्ण जयन्ती वर्ष कार्यकाल) प्रतिनिधि सभा आग्सु धेमाजी जिल्ला समितिको आतिथ्यमा धेमाजी जिल्लाअन्तर्गत सिलापथारस्थित डनि: पल: सांस्कृतिक प्रकल्प केन्द्रमा भव्य तथा सभ्य वातावरणमा सम्पन्न भएको छ। राज्यका विभिन्न जिल्ला, शाखा, आञ्चलिक, महाविद्यालय, विश्वविद्यालय तथा क्षेत्रीय समितिबाट आएका प्रतिनिधिहरूको उल्लेखनीय सहभागितामा सम्पन्न उक्त प्रतिनिधि सभाले आगामी कार्यकालका लागि नयाँ केन्द्रीय कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ।

आग्सुका कार्यवाहक सभापति श्री सञ्जीव चौहानज्यूको सभापतित्वमा सम्पन्न प्रतिनिधि सभाको सञ्चालन तत्कालीन मूल सचिव श्री नोमल छेत्रीज्यूले गर्नुभएको थियो। कार्यक्रममा आग्सुका केन्द्रीय पूर्व सभापति हर्कबहादुर छेत्रीज्यू उद्घाटकका रूपमा उपस्थित हुनुहुन्थ्यो। त्यसैगरी पर्यवेक्षकको रूपमा आग्सुका मुख्य उपदेश्टा श्री वीरेन्द्र सुब्बाज्यू, केन्द्रीय समितिका पूर्व उप-सभापति पदुम बराइलीज्यू, बिटिसी क्षेत्रीय समितिका पूर्व मूल सचिव डा. रमेश दाहालज्यू तथा युवा वैज्ञानिक डा. सागर भट्टराईज्यूको विशेष उपस्थिति रहेको थियो। उहाँहरूको उपस्थितिमा निर्वाचन प्रक्रिया सम्पन्न भई नयाँ नेतृत्व चयन गरिएको हो।

प्रतिनिधि सभाले आगामी कार्यकालका लागि श्री नुमल छेत्रीज्यूलाई सभापति रूपमा निर्वाचित गरेको छ। उपसभापतिमा श्री राजु बजगाईं, श्री खगेन्द्र थापा तथा श्री अजय कुमार आले निर्वाचित भएका छन् भने मूल सचिवमा श्री सोमराज सोनार निर्वाचित भएका छन्।

त्यसैगरी सचिवहरूमा श्री लोहित अधिकारी छेत्री, श्री सञ्जीव छेत्री र श्री महेश शर्मा चयन भएका छन्। सांगठनिक सचिवमा श्री अशोक कुमार लामा, श्री दीपक सुब्बा, श्री किरण खड्का र श्री अमृत खड्का निर्वाचित भएका छन्। शिक्षा सचिवमा श्री भोजराज शर्मा, प्रचार सचिवमा श्री सुरज थापा, कार्यालय सचिवमा श्री मोहन विश्वकर्मा र श्री लखीराम शर्मा, मुखपत्र सचिवमा श्री चन्दन उपाध्याय, साहित्य सचिवमा श्री कुलद्वीप छेत्री, सांस्कृतिक सचिवमा श्री त्रिदेव विष्ट तथा खेल सचिवमा श्री सन्तोष लिम्बू र श्री गणेश बोहोरा छेत्री चयन भएका छन्।

त्यस्तै स्वयंसेवक प्रमुखमा श्री दिलकुमार लिम्बू (डी.के. लिम्बू) र श्री लालबहादुर थापा तथा वित्त सचिवमा श्री रिजु छेत्री निर्वाचित भएका छन्। सदस्यहरूमा जनकुमार चौहान, दुर्गा बस्नेत, विकास पोख्रेल शर्मा, प्रकाश कोइराला, त्रिलोचन भट्टराई, पत्रिका लिम्बू, लखी लिम्बू, घनश्याम खनाल, राम छेत्री, दिलीप छेत्री, दीपक भट्टराई, सुरेश पाण्डे, टिङ्कु पौडेल, अमित पौडेल, विनोद लम्साल, दीपक नेवार, सुनिल सुतार, भारत छेत्री, शिव सुनार, हेमुद्वीप थापा, किरण पौडेल, कृष्ण रिमाल, सुभाष लामा तथा विशाल छेत्री निर्वाचित भएका छन्।

नवनिर्वाचित कार्यसमितिले संगठनको स्वर्ण जयन्ती वर्षलाई ऐतिहासिक, प्रभावकारी तथा उपलब्धिमूलक बनाउने प्रतिबद्धता व्यक्त गरेको छ। साथै विद्यार्थी अधिकार, शैक्षिक गुणस्तर अभिवृद्धि, गोर्खा समुदायको पहिचान, भाषा, साहित्य, संस्कृति तथा सामाजिक उत्तरदायित्वका विविध क्षेत्रमा संगठनलाई अझ सशक्त, गतिशील र जनमुखी बनाउँदै अघि बढ्ने अठोटसमेत व्यक्त गरिएको छ।

प्रतिनिधि सभामा सहभागी प्रतिनिधिहरूले नवगठित नेतृत्वप्रति पूर्ण विश्वास व्यक्त गर्दै संगठनको गरिमा, एकता र उद्देश्यलाई आत्मसात् गर्दै आगामी दिनमा आग्सुलाई अझ सशक्त र प्रभावकारी विद्यार्थी संगठनका रूपमा स्थापित गर्न सबैले संयुक्त रूपमा कार्य गर्ने प्रतिबद्धता जनाएका छन्।

प्रतिवेदक: श्री सञ्जय छेत्री, मुल सचिव, आग्सु, टंला आञ्चलिक समिति।

📤 Share this story
← First Story in Issue
Scroll to Top