All Assam Gorkha Students' Union

All Assam Gorkha Students’ Union

” Unity | Education | Empowerment ” 

📰 AAGSU e-Bulletin
Issue #39
July 16, 2026

खुसुराबारी आञ्चलिक समितिद्वारा ३३ जना सफल विद्यार्थीलाई अभिनन्दन तथा ‘स्वर्गीय घिमा देवी घिमिरे स्मारक आदर्श छात्र पुरस्कार’ सम्पन्न।

📅 July 16, 2026
✍️ AAGSU
🕒 12:06 AM

खुसुराबारी, १२ जुलाई २०२६ : अखिल असम गोर्खा छात्र संघ (आग्सु) खुसुराबारी आञ्चलिक समितिको आयोजनामा आञ्चलिक क्षेत्रअन्तर्गत शैक्षिक वर्ष २०२५–२०२६ को उच्च तथा उच्चतर माध्यमिक परीक्षामा सफलतापूर्वक उत्तीर्ण भएका कुल ३३ जना विद्यार्थीहरूलाई अभिनन्दन तथा सम्मान गर्ने कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। सोही अवसरमा ‘स्वर्गीय घिमा देवी घिमिरे स्मारक आदर्श छात्र पुरस्कार’ समेत प्रदान गरिएको थियो।

कार्यक्रमको सभापतित्व खुसुराबारी आञ्चलिक समितिका सम्माननीय सभापति समीर थापा ज्यूले गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन आञ्चलिक समितिका मूलसचिव कुमार थापा ज्यूले गर्नुभएको थियो।

कार्यक्रमका मुख्य अनुप्रेरक वक्ताका रूपमा बरसोला उच्चतर माध्यमिक विद्यालयका विषय शिक्षक लक्ष्मण अधिकारी ज्यू उपस्थित भई विद्यार्थीहरूलाई मेहनत, अनुशासन र लक्ष्यप्रतिको समर्पणमार्फत जीवनमा सफलता हासिल गर्न प्रेरणादायी मन्तव्य व्यक्त गर्नुभयो। विशिष्ट अतिथिका रूपमा उपस्थित समाजसेवी इर्वीन दैमारी ज्यूले शिक्षा नै समाज रूपान्तरणको प्रमुख आधार भएको उल्लेख गर्दै विद्यार्थीहरूलाई निरन्तर अध्ययन र सकारात्मक सोचका साथ अघि बढ्न आग्रह गर्नुभयो।

यस अवसरमा असम गोर्खा सम्मेलन उदालगुडी जिल्ला समितिका सभापति पवन लुईँटेल ज्यू, आग्सु उदालगुडी जिल्ला समितिका शिक्षा सचिव दीपक अधिकारी ज्यू तथा गोल्मागाँव उच्च माध्यमिक विद्यालयकी शिक्षिका सुरभि उपाध्याय ज्यूले समेत विद्यार्थीहरूलाई प्रेरणादायी शुभकामना तथा मार्गदर्शन प्रदान गर्नुभयो।

कार्यक्रममा आग्सु उदालगुडी जिल्ला समितिका उपसभापति दुर्गा वस्नेत ज्यू, प्रचार सचिव नव शर्मा, सांस्कृतिक सचिव कुश कुमार राई, असम गोर्खा सम्मेलन उदालगुडी जिल्ला समितिका मूलसचिव भवेन छेत्री ज्यू, सचिव सान्ता सिर्पाली ज्यू, जाब्रीटोला भीसीडीसीका अध्यक्ष छोटु किस्कु ज्यू, असम नेपाली साहित्य सभाका पदाधिकारीहरू, अगोस उदालगुडी जिल्ला समितिका उपदेश्टा तथा सांगठनिक सचिवसहित सदस्यहरू, आग्सुका विभिन्न तहका पदाधिकारी, उपदेश्टा, सदस्यहरू, स्थानीय समाजका अगुवा तथा अन्य विशिष्ट व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रमको समापनसँगै आग्सु उदालगुडी जिल्ला समितिले उच्च तथा उच्चतर माध्यमिक परीक्षामा सफल भएका सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई ज्ञापन गर्दै उनीहरूको आगामी शैक्षिक यात्रा तथा उज्ज्वल भविष्यका लागि शुभकामना व्यक्त गरेको छखुसुराबारी आञ्चलिक समिति

प्रतिवेदक: समीर थापा-सभापति, खुसुराबारी आञ्चलिक समिति

📤 Share this story
Scroll to Top