
डिमाकुची, १० मइ: अखिल असम गोर्खा छात्र संघ (आग्सु) डिमाकुची आञ्चलिक समिति अन्तर्गत खैराझार उत्तर नाउँबन्धा शाखा समितिको गठन भव्य रूपमा सम्पन्न गरिएको छ र सभामा सभातित्व गर्नुभएको थियो शाखाका प्रक्तन सभापति श्रीमान अर्जुन अधिकारीज्यूले । नवगठित समितिको सभापतिमा श्रीमान् सागर कठेट तथा मूल–सचिवमा सूश्री आरती खतिओडा चयन भएका छन् भने उपसभापतिमा निकिता पौडेल, सह–सचिवमा प्रकाश गौतम, सांगठनिक सचिवमा मनिष अधिकारी, शिक्षा सचिवमा गोमा दर्जी, सांस्कृतिक सचिवमा रञ्जित अधिकारी लगायत अन्य पदाधिकारीहरू चयन गरिएको छ।
उक्त कार्यक्रममा उदालगुडी जिला समितिक मुखपत्र सचिव श्रीमान धर्मेन्द्र गौतम डिमाकुची आञ्चलिक समितिका उपसभापति श्रीमान् ख्यमराज चापागाँई, मूल–सचिव श्रीमान् प्रकाश बुढाथोकी, सह सचिव श्रीमान बालकृष्ण अधिकारी, शिक्षा सचिव खगेन पाठक साथै गाउँ समाजका वरिष्ठ व्यक्तित्व अगोस का उप सभापति श्रीमान् एम नाथ गौतम , शिक्षक राम खर्का लगायत अन्य गण्यमान्य व्यक्तिहरूको समेत मतृगणहरुको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रममा वक्ताहरूले संगठनलाई निम्न स्तरदेखि मजबुत बनाउँदै गोर्खा समुदायको हक, अधिकार र पहिचानको संरक्षणमा सक्रिय भूमिका खेल्न नवगठित समितिलाई आग्रह गरेका थिए। उनीहरूले एकता, अनुशासन र सक्रियतामार्फत संगठनलाई अझ सशक्त बनाउने प्रतिबद्धता व्यक्त गर्नु भयो।
नवगठित शाखा समितिलाई डिमाकुची आञ्चलिक समितिको तर्फबाट हार्दिक बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरिएको छ। साथै, यस समितिले आगामी दिनहरूमा संगठनलाई थप उचाइमा पुर्याउने विश्वास समेत व्यक्त गरिएको छ।
प्रतिवेदक: खगेन पाठक, शिक्षा सचिव, डिमाकुची आञ्चलिक समिति ।