All Assam Gorkha Students' Union

All Assam Gorkha Students’ Union

” Unity | Education | Empowerment ” 

📰 AAGSU e-Bulletin
Issue #6
November 27, 2025

लोकनायक अमीय कुमार दास महाविद्यालयमा नवागत विद्यार्थीहरूको स्वागत–कार्यक्रम सम्पन्न

📅 November 27, 2025
✍️ AAGSU
🕒 12:07 AM

ढेकियाजुली, २६ नवेम्बर २०२५ – अखिल असम गोर्खा छात्र संघ,लोकनायक अमीय कुमार दास महाविद्यालय एकाइको आयोजनामा आज मिति २६ नवेम्बर २०२५, बुधबार त्रिमूर्ति भवन, ढेकियाजुलीमा नवागत विद्यार्थीहरूलाई लक्षित भव्य स्वागत तथा जिला तथा छिमेकी जिल्लाअन्तर्गत विभिन्न कलेजस्थित आग्सु एकाइ पदाधिकारीहरूबीच विशेष भेटघाट कार्यक्रम समारोहमय रूपमा सम्पन्न भयो।

कार्यक्रमको सभापतित्व एकाइ सभापति श्री दीपाङ्कर सुवेड़ीले गर्नुभयो भने सञ्चालन मूल–सचिव श्री अभिषेक चौहानले गर्नुभयो। कार्यक्रमका मुख्य अतिथिको रूपमा उपस्थित हुनुभएका शोणितपुर जिल्ला समितिका सभापति श्री दीपक सुब्बा र निर्दिष्ट वक्ता शोणितपुर जिल्ला समितिका मूल–सचिव श्री हितेश पराजुलीको विशेष उपस्थिति कार्यक्रमको प्रमुख आकर्षण रह्यो।

यस अवसरमा असम लघु उद्योग संघका अध्यक्ष श्री किशोर उपाध्याय, अखिल असम गोर्खा छात्र संघ, केन्द्रीय समितिका सुचना एवं प्रविधि सचिव श्री किरण खर्का, सांस्कृतिक व्यक्तित्व एवं कवि श्री रजत भारद्वाज, ग्रेभिटी जुनियर कलेजका उपाध्यक्ष श्री सौरभ कुमार हालोई, शोणितपुर जिल्ला समितिका प्रचार सचिव श्री राजेन्द्र दाहाल, चर्चित सङ्गीतकार श्री राजेश थपलिया, एकाइका पूर्व पदाधिकारीहरू तथा विभिन्न कलेजका आगंसु एकाइका प्रतिनिधिहरूको उल्लेख्य उपस्थिति देखियो।

कार्यक्रमको आरम्भ झण्डोत्तोलन, शहीदहरूको सम्झनामा मौन धारण तथा स्वर्गीय चर्चित गायक जुबिन गार्गप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै समबेत संगीतबाट गरिएको थियो। त्यसमाप्ति आमन्त्रित अतिथिहरूलाई खदाद्वारा सम्मान प्रदान गरिएको थियो।

अतिथिहरूले नवगत विद्यार्थीहरूलाई शिक्षाको मूल्य, गोर्खाली पहिचानको संरक्षण, व्यक्तित्व विकास तथा संगठनात्मक सचेतनाबारे प्रेरणादायी मन्तव्य राखे। अध्यक्ष श्री किशोर उपाध्यायले शिक्षा र नेतृत्वको दायित्वबारे उल्लेखनीय विचार व्यक्त गर्नुभयो। जिल्ला सभापति श्री दीपक सुब्बा र मूल–सचिव श्री हितेश पराजुलीले AAGSU का गतिविधि, विद्यार्थी–हितकेन्द्रित योजनाहरू तथा जातीय एकताको सन्देश उजागर गर्नुभयो।

स्वागत मन्तव्यपछि नवागत विद्यार्थीहरूको परिचय, सांस्कृतिक प्रस्तुति तथा “शिक्षा र जातीय एकता” विषयमा खुला संवाद सञ्चालन गरियो। विभिन्न कलेजबाट आएका विद्यार्थी तथा पदाधिकारीहरूले सक्रियरूपमा सहभागिता जनाए।

कार्यक्रममा एकाइ उपसभापति श्री विनय भण्डारी, श्री विपुल बस्नेत, श्री धर्मराज घोरसाइने, श्रीमती प्रतीक्षा देवी, सल्लाहकार श्री नयन खनाल, सांस्कृतिक सचिव श्रीमती अनिता देवी र श्रीमती स्वीटी देवी, सह–सचिव श्रीमती विशाखा गजुरेल र श्री शिव घोरसाने, शिक्षा सचिव श्री मानस चापागाई, खेलकुद सचिव श्री करण पकुवाल, स्वास्थ्य सचिव श्री कुन्दन भण्डारी, कोषाध्यक्ष श्री अनमोल सुब्बा सहित सम्पूर्ण एकाइ सदस्यहरूको सक्रिय उपस्थिति रह्यो।

कार्यक्रमको समापन एकाइ सभापति श्री दीपाङ्कर सुवेड़ीको मन्तव्यसँगै मायाविनी सामूहिक गीत प्रस्तुत गरेर गरिएको थियो। अन्त्यमा आयोजक टोलीले उपस्थित सबै अतिथि, पदाधिकारी तथा नवागत विद्यार्थीहरूप्रति हार्दिक धन्यवाद व्यक्त गर्दै कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको घोषणा गर्यो।

प्रतिवेदन : मानस चापागाई
शिक्षा सचिव, लोकनायक अमीय कुमार दास महाविद्यालय एकाइ (आग्सु)

📤 Share this story
Last Story in Issue →
Scroll to Top