
डिमाकुची, ५ अप्रिल २०२६ : अखिल असम गोर्खा छात्र संघ (आग्सु) डिमाकुची आञ्चलिक समिति अन्तर्गत 2 नं राजागढ़ शाखा समितिको गठन भव्य रूपमा सम्पन्न गरिएको छ। नवगठित समितिको सभापतिमा श्रीमान् एम. कुमार मैनाली तथा मूल–सचिवमा श्रीमान् इन्द्र खनाल चयन भएका छन् भने उपसभापतिमा श्रीमान् विमल राया र दीपक उप्रेती, सह–सचिवमा संजिव मैनाली, संगठन सचिवमा बिमल पाठक, शिक्षा सचिवमा दीपक उप्रेती, खेल सचिवमा विकल अधिकारी, सांस्कृतिक सचिवमा सुमित तिम्सिनालगायत अन्य पदाधिकारीहरू चयन गरिएको छ। कार्यालय सचिवमा नारायण कडरिया तथा प्रचार सचिवमा केशव आचार्य र लक्ष्मण प्रसाईं चयन भई समिति अझ सुदृढ बनाइएको छ।
यसैगरी सदस्यहरूमा दीप मैनाली, हरी उप्रेती, गितुल पाठक, विवेक पाठक तथा सन्त सेवाललगायत अन्य युवा सदस्यहरू समेटिएका छन्। उपस्थित मण्डलमा भीम कोइराला, रेवती कडरिया, पशुपति फुयाल, कृष्ण तिम्सिना, रेणुका ओली, देवी चन्द्र तिम्सिना, जगत कडरिया, लक्ष्मी पाठक, गणेश प्रसाद उप्रेती, सन्तोष अधिकारी, गीता अधिकारी र कृष्ण अधिकारीको उल्लेखनीय उपस्थिति रहेको थियो।
उक्त कार्यक्रममा डिमाकुची आञ्चलिक समितिका उपसभापति श्रीमान् बुद्धिमान उप्रेती, मूल–सचिव श्रीमान् प्रकाश बुढाथोकी, शिक्षा सचिव श्रीमान् खगेन पाठक, खेल सचिव श्रीमान् विजय कोइराला तथा सदस्य श्रीमान् विशाल अधिकारीको विशेष उपस्थिति रहेको थियो। साथै गाउँ समाजका वरिष्ठ व्यक्तित्व श्रीमान् रेवती कडरिया लगायत अन्य गण्यमान्य व्यक्तिहरूको समेत उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रममा वक्ताहरूले संगठनलाई जरा स्तरदेखि मजबुत बनाउँदै गोर्खा समुदायको हक, अधिकार र पहिचानको संरक्षणमा सक्रिय भूमिका खेल्न नवगठित समितिलाई आग्रह गरेका थिए। उनीहरूले एकता, अनुशासन र सक्रियतामार्फत संगठनलाई अझ सशक्त बनाउने प्रतिबद्धता व्यक्त गरे।
नवगठित राजागढ़ शाखा समितिलाई डिमाकुची आञ्चलिक समितिको तर्फबाट हार्दिक बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरिएको छ। साथै, यस समितिले आगामी दिनहरूमा संगठनलाई थप उचाइमा पुर्याउने विश्वास समेत व्यक्त गरिएको छ।
प्रतिवेदक: एम कुमार मैनाली- सभापति, राजगढ शाखा समिति ।