
गुवाहाटी, १९ अप्रिल २०२६ — अखिल असम गोर्खा छात्र संघ (आग्सु) कामरुप महानगर जिल्ला समितिको तेस्रो द्विवार्षिक अधिवेशन तथा प्रतिनिधि सभा गुवाहाटीको पल्टन बजारस्थित गोर्खा ठाकुरबारी (नेपाली मन्दिर) मा भव्यताका साथ सम्पन्न भएको छ। निवर्तमान जिल्ला सभापति अमित पौडेलको अध्यक्षतामा आयोजित उक्त सभामा विद्यार्थी, युवा तथा स्थानीय गोर्खा समुदायको उत्साहजनक एवं बाक्लो उपस्थिति रहेको थियो।
अधिवेशनमा केन्द्रीय समितिका तर्फबाट पर्यवेक्षकका रूपमा सचिव जन चौहान, प्रचार सचिव सोमराज सोनार, कार्यालय सचिव विकास पोखरेल र सुचना एवं प्रविधि सचिव किरण खर्का उपस्थित हुनुहुन्थ्यो। यसैगरी, विशिष्ट अतिथिका रूपमा केन्द्रीय शिक्षा सचिव टिन्कु पौडेल, कार्यालय सचिव बिष्णु प्रसाद चापाईं तथा जिल्ला समितिका पूर्व सभापतिद्वयको सन्तोष शर्मा र सन्तोष छेत्री उपस्थिति रहेको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै वक्ताहरूले गोर्खा विद्यार्थीहरूको हक -हित, शैक्षिक उन्नयन र संगठनलाई अझ बढी सशक्त, गतिशील एवं विद्यार्थीमुखी बनाउँदै अघि बढ्नुपर्ने कुरामा विशेष जोड दिनुभएको थियो।
उक्त प्रतिनिधि सभाले संगठनलाई नयाँ ऊर्जा र दिशा प्रदान गर्ने उद्देश्यका साथ सर्वसम्मतिले उत्तम शर्माको सभापतित्वमा नयाँ जिल्ला समिति गठन गरेको छ। नवगठित समितिको उपसभापतिहरूमा शेषकान्त भुसाल, राजेन्द्र क्षेत्री, बलराम शर्मा, रमेश शर्मा र अनमोल शर्मा चयन हुनुभएको छ। त्यसैगरी, मूल–सचिवको जिम्मेवारी गोपालराज शर्माले पाउनुभएको छ भने सचिवहरूमा रोशन उपाध्याय, बिकु शर्मा, कृष्ण शर्मा, सुरज शर्मा र जुली क्षेत्री रहनुभएको छ।

यसैगरी, संगठन सचिवहरूमा रोहित सोनार, रोहित शर्मा र शिव शर्मा तथा प्रचार सचिवमा अनीश क्षेत्री चयन हुनुभएको छ। सांस्कृतिक सचिवमा ओम शर्मा र नारायण सोनार, शिक्षा सचिवमा राजत क्षेत्री तथा सहायक शिक्षा सचिवमा प्रेम भण्डारी रहनुभएको छ। त्यस्तै, खेलकुद सचिवमा अनुज थापा र गौरव शर्मा, पत्रिका सचिवमा ज्योति गौतम, सहायक पत्रिका सचिवमा रोहित शर्मा, कार्यालय सचिवमा लक्ष्मण शर्मा, साहित्य सचिवमा अर्जुन ठाकुरी र स्वयंसेवक प्रमुखमा रिखिराम पौडेल चयन हुनुभएको छ।
समितिका कार्यकारिणी सदस्यहरूमा धन कुमारी श्रेष्ठ, विकास पौडेल, रञ्जन गौतम, दुर्गा पाठक, दिया थापा, सृजना देवी, कान्ता क्षेत्री, सुजाता गौतम र रूपा क्षेत्री चयन हुनुभएको छ। कार्यक्रमको अन्त्यमा, उपस्थित अतिथि तथा केन्द्रीय नेताहरूले नवगठित समितिका सम्पूर्ण पदाधिकारीहरूलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो। नवनिर्वाचित समितिले आगामी दिनमा विद्यार्थी अधिकारको संरक्षण, शैक्षिक सुधार तथा गोर्खा समुदायको समग्र हितका लागि सक्रियतापूर्वक कार्य गर्दै संगठनलाई नयाँ उचाइमा पुर्याउने विश्वास लिइएको छ।
प्रतिवेदक: उत्तम शर्मा-सभापति, कामरुप महानगर जिल्ला समिति ।