All Assam Gorkha Students' Union

All Assam Gorkha Students’ Union

” Unity | Education | Empowerment ” 

उत्तर पूर्वाञ्चल गोर्खा महोत्सव र AAGSU को १७औं द्विवर्षिक अधिवेशनमा नव निर्वाचित समितिले ग्रहण गरे दायित्व

गुवाहाटीको खानापारामा 24,25,26 र 27 डिसेम्बर 2023 को दिन आयोजित उत्तर पूर्वाञ्चल गोर्खा महोत्सव र अखिल असम गोर्खा छात्र संघ ( AAGSU) को सत्रौँ द्विवर्षिक अधिवेशन निर्वाचित अठारौं कार्यकारिणी समितीले आफ्नो दायित्व ग्रहण गर्दै दिशपुर स्थित PWD convention Centre मा विगत २९ जनुवारी २०२४ को दिन सपथ वाक्य पाठ गर्दछन्। नव निर्वाचित समितिलाई सपथ वाक्य पाठ गराउनु हुन्छ AAGSU का पूर्व सभापति वीरेन्द्र सुब्बाज्युले । कार्यक्रम मा नवनिर्वाचित समितिलाई शुभेच्छा प्रदान गर्न उपस्थित रहनु हुन्छ AAGSU का पूर्व सभापति तथा असम सरकारद्वारा गठित गोर्खा उन्नयन परिषदका अध्यक्ष प्रेम तामाङ, असम गोर्खा सम्मेलनका अध्यक्ष कृष्ण भुजेल, गोर्खा स्वायत्त शासन मांग समितिका सभापति हर्क बहादुर छेत्री, पूर्व AAGSU सभापति कृष्ण नेवार, पूर्व केन्द्रीय मूल सचिव गोपाल आचार्य, पूर्व केन्द्रीय उपसभापति पदम बराइली, लगायत धेरै गन्य मान्य व्यक्तिहरूको उपस्थिति थियो

Scroll to Top