All Assam Gorkha Students' Union

All Assam Gorkha Students’ Union

” Unity | Education | Empowerment ” 

📰 AAGSU e-Bulletin
Issue #34
June 11, 2026

आग्सु बामुन्जुली आञ्चलिक अन्तर्गत नोनाइखुटी शाखा समितिको पुनर्गठन।

📅 June 11, 2026
✍️ AAGSU
🕒 12:07 AM

नोनाइखुटी, ६ जुन २०२६: अखिल असम गोर्खा छात्र संघ (आग्सु) बामुनजुली आञ्चलिक समिति अन्तर्गत नोनाइखुटी शाखा समितिको विघटन तथा पुनर्गठन कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।

सम्पन्न कार्यक्रममा सर्वसम्मत रूपमा श्री बासुदेव थापालाई सभापति तथा श्री चन्दन प्रधानलाई मूल सचिव चयन गर्दै नयाँ शाखा समिति गठन गरिएको छ। नवगठित समितिलाई बामुनजुली आञ्चलिक समितिको तर्फबाट हार्दिक बधाई तथा शुभकामना व्यक्त गरिएको छ।

कार्यक्रममा वक्ताहरूले विद्यार्थी तथा समाजको हितलाई केन्द्रमा राखेर संगठनलाई अझ सशक्त, सक्रिय र गतिशील बनाउँदै उद्देश्यले नवगठित समितिले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरेका थिए। साथै, संगठनको उद्देश्य र आदर्शलाई आत्मसात गर्दै सामाजिक, शैक्षिक तथा सांगठनिक क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याउने अपेक्षा समेत राखिएको थियो।

उक्त कार्यक्रममा जिल्ला कार्यकारिणी सदस्य श्री जीवन छेत्री, आञ्चलिक समितिका पदाधिकारी तथा सदस्यहरू, नोनाइखुटी भेकका बुद्धिजीवी महानुभावहरू श्री नेत्र प्रसाद शर्मा, प्राक्तन छात्रकर्मी श्री टिकाराम प्रधान, श्री रुबुल प्रधान लगायत स्थानीय दाजुभाइ तथा दिदीबहिनीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रमलाई सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग पुर्‍याउने सम्पूर्ण महानुभावहरूप्रति आयोजक पक्षले हार्दिक धन्यवाद तथा कृतज्ञता व्यक्त गरेको छ।

प्रतिवेदक : श्री भानु लामा, मुल सचिव , बामुन्जुली आञ्चलिक समिति।

📤 Share this story
Last Story in Issue →
Scroll to Top