All Assam Gorkha Students' Union

All Assam Gorkha Students’ Union

” Unity | Education | Empowerment ” 

📰 AAGSU e-Bulletin
Issue #3
November 6, 2025

बरसोला आञ्चलिक समिति(आग्सु)को AASU कार्यक्रममा सहभागिता

📅 November 6, 2025
✍️ AAGSU
🕒 12:08 AM

बरसोला, नोभेम्बर ४: गत मङ्गलबार, नवेम्बर ४ तारिखका दिन बरसोला क्षेत्रमा एक विशेष ऐतिहासिक तथा सांस्कृतिक महत्वको कार्यक्रम सम्पन्न हुन्छ । AASU बरसोला शाखा समितिको अगुवाइमा आयोजित “शहीद वेदी तथा सुधाकन्थ ड° भूपेन हजारिका मूर्ति अनावरण समारोह” मा बरसोला आञ्चलिक समिति (आग्सु) का प्रतिनिधिहरूले निमन्त्रण स्वीकार गर्दै सहभागिता जनाए। यस अवसरले गोर्खा र अरु समुदायबीचको आपसी सम्बन्ध, सह–अस्तित्व र सौहार्दपूर्ण एकताको नयाँ सन्देश दिएको छ।

कार्यक्रममा प्रमुख आतिथिका रूपमा उपस्थित हुनुभएको अखिल असम छात्र संघ (AASU) का केन्द्रीय सभापति श्री उतपल शर्मा र मुख्य सल्लाहकार ड° समुज्जल कुमार भट्टाचार्यलाई बरसोला आञ्चलिक समिति(आग्सु)का पदाधिकारीहरूले हार्दिक स्वागत गर्दै सम्मान–सम्बर्धना अर्पण गरे। गोर्खा समुदायका तर्फबाट बरसोला आञ्चलिक समितिले श्री शर्मा र ड° भट्टाचार्यलाई असम राज्यको सामाजिक एकता र छात्र आन्दोलनमा पुर्‍याएको योगदानप्रति कृतज्ञता व्यक्त गर्दै विशेष सम्मानपत्र प्रदान गरेको थियो।

यस अवसरमा असममा पछिल्ला समयदेखि उठेका सामाजिक, भाषिक र राजनीतिक विषयहरूबारे पनि सभामा महत्वपूर्ण छलफल भएको थियो। वक्ताहरूले असमको विविध जनजाति र समुदायबीच पारस्परिक विश्वास, सांस्कृतिक आदानप्रदान र साझा संघर्षको भावना सुदृढ गर्नुपर्नेमा जोड दिए। बरसोला आञ्चलिक समितिका(आग्सु)का सभापति शुभम अधिकारी, मूल सचिव सुमन लामिछाने, प्रमुख सल्लाहकार मनोज भट्टराई र उप–सभापति सचिन दाहालले पनि उक्त अवसरमा AASU का प्रमुख अतिथिहरूलाई मंचबाट सम्मान गरे। कार्यक्रममा आग्सु का प्रतिनिधिहरूको उपस्थितिलाई आयोजक मञ्चले विशेष महत्वका साथ स्वागत गरेको थियो। उक्त आयोजनामा आञ्चलिक समितिलाई उपस्थित भएर सगाउ र उपदेश प्रदान गर्नु हुन्छ भूतपूर्व केन्द्रीय समितिका स्वयंसेवक दस्ता का प्रमुख पुष्प पौडेल ज्यू, आञ्चलिक समिति का भूतपूर्व सभापति विकास भण्डारी, भूतपूर्व मूल सचिव सरोज खुलाल ले। आञ्चलिक समितिका उप सभापति पंकज खडका, प्रचार सचिव कुन्दन भण्डारी, सुरज सिकतेल, खगेन छेत्री,विवेक छेत्री, सेवक भण्डारी, भुवन छेत्री उपस्थित हुनुहु्थ्यो।

त्यसैगरी, आग्सुका साथै अखिल असम कोच राजवंशी छात्रसंघ (AAKRSU), असम साहित्य सभा, असम चिया जनजाती छात्र संस्था (AATSA) लगायत विभिन्न सामाजिक, साहित्यिक तथा छात्र संगठनका प्रतिनिधिहरू पनि कार्यक्रममा उपस्थित थिए। विभिन्न संगठनका वक्ताहरूले ड° भूपेन हजारिकाको जीवन, असमिया संस्कृति र राष्ट्रिय एकताप्रति उहाँको योगदानबारे भावनात्मक अभिव्यक्ति दिए।

अनावरण गरिएको शहीद वेदीले राज्यका बलिदानी युवाहरूको स्मृति झल्काउँछ भने सुधाकन्थ ड° भूपेन हजारिकाको मूर्तिले असमको सांस्कृतिक आत्मालाई स्थायी रूपमा प्रतिबिम्बित गरेको सभामा उल्लेख गरियो। समारोहमा असंख्य विद्यार्थी, समाजसेवी, बुद्धिजीवी तथा आम नागरिकहरूको उपस्थिति उत्साहपूर्ण थियो। अन्त्यमा, कार्यक्रमको समापन गर्दै आयोजक समितिले उपस्थित सबै संगठन र अतिथिहरूप्रति आभार प्रकट गर्दै भविष्यमा पनि असमको सामाजिक सद्भाव र सह–अस्तित्वका लागि सहकार्य जारी राख्ने प्रतिबद्धता व्यक्त गर्‍यो। बरसोला आञ्चलिक अखिल असम गोर्खा छात्र संघ (AAGSU) को सक्रिय सहभागिताले यो ऐतिहासिक समारोहलाई अझ अर्थपूर्ण र स्मरणीय बनाएको सर्वसम्मत अभिव्यक्ति सर्वत्र सुनियो।

✒ सुभम अधिकारी- सभापति, बरसोला आञ्चलिक समिति(आग्स)।

📤 Share this story
Scroll to Top