All Assam Gorkha Students' Union

All Assam Gorkha Students’ Union

” Unity | Education | Empowerment ” 

📰 AAGSU e-Bulletin
•
Issue #49
•
September 24, 2026

आग्सु उदालगुडी जिल्ला समितिको ४३औँ द्विवार्षिक प्रतिनिधि सभा तथा जिल्ला अधिवेशन सम्पन्न।

📅 September 24, 2026
✍️ AAGSU
🕒 12:02 AM

उदालगुडी २० सेप्टेम्वर: अखिल असम गोर्खा छात्र संघ (आग्सु), उदालगुडी जिल्ला समितिको ४३औँ द्विवार्षिक प्रतिनिधि सभा तथा जिल्ला अधिवेशन सम्पन्न भएको छ। प्रतिनिधि सभाले सभापति पदमा विकाश भट्टराई तथा मूलसचिव पदमा रूपम आत्रेयसहित विभिन्न पदाधिकारी तथा सदस्यहरू निर्वाचित गरेको छ।

प्रतिनिधि सभाको अध्यक्षता आग्सु उदालगुडी जिल्ला समितिका भारप्राप्त सभापति किशोर काश्यपले गरेका थिए भने सञ्चालन मूलसचिव किशोर सिर्पालीले गरेका थिए। सभाको उद्घाटन आग्सु केन्द्रीय समितिका उपसभापति दुर्गा बस्नेतले गरेका थिए।

अधिवेशनमा पर्यवेक्षकका रूपमा आग्सु केन्द्रीय समितिका उपसभापति खगेन्द्र थापा, सचिव जन चौहान, सांगठनिक सचिव किरण खड्का तथा स्वयंसेवी दस्ता प्रमुख दिलकुमार लिम्बू र बीटीआर क्षेत्रीय समितिका साहित्य सचिव कृष्ण पौडेलको उपस्थिति रहेको थियो।

त्यसैगरी आग्सु केन्द्रीय समितिका प्रचार सचिव त्रिलोचन भट्टराई, सांस्कृतिक सचिव त्रिदेव विष्ट, कार्यनिर्वाहक सदस्य राम छेत्री, बीटीआर क्षेत्रीय समितिका सभापति रोहित कुमार दाहाल, मूलसचिव राजु सुवेदी, सांगठनिक सचिव अमल कार्की, वित्त सचिव मणिराज छेत्री, सांस्कृतिक सचिव हेमन्त छेत्री लगायत विभिन्न तहका पदाधिकारी तथा प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

अधिवेशन सफल बनाउन परिचालन समितिका सभापति देवराज न्यौपाने, मूलसचिव नवीन दाहाललगायत सम्पूर्ण कार्यकर्ता तथा प्रतिनिधि, उदालगुडी जिल्ला अन्तर्गतका विभिन्न आञ्चलिक समितिका पदाधिकारी तथा कार्यकर्ता, हरिसिङ्गा आञ्चलिक समितिका स्वयंसेवक टोली र सहयोगी सबैको महत्वपूर्ण भूमिका रहेको आयोजकले जनाएको छ।

अधिवेशनबाट निर्वाचित नयाँ जिल्ला समितिलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्दै आयोजकले उपस्थित अतिथि, प्रतिनिधि, कार्यकर्ता तथा शुभेच्छुकहरूप्रति आभार व्यक्त गरेको छ।

📤 Share this story
Scroll to Top