All Assam Gorkha Students' Union

All Assam Gorkha Students’ Union

” Unity | Education | Empowerment ” 

📰 AAGSU e-Bulletin
Issue #1
October 23, 2025

डिब्रुगड़मा गोर्खाली समाजको भविष्यबारे ‘बौद्धिक चिन्तन–मन्थन’AAGSU डिब्रुगड़ जिल्ला समितिद्वारा २६ अक्टोबरमा विशेष संगोष्ठीको आयोजना…..

📅 October 23, 2025
✍️ AAGSU
🕒 12:06 AM

दुलियाजान, २१ अक्टोबर २०२५: अखिल असम गोर्खा छात्र संघ (AAGSU) डिब्रुगड़ जिल्ला समितिको पहलमा “बौद्धिक चिन्तन–मन्थन” शीर्षकको एक विशेष संगोष्ठी आगामी २६ अक्टोबर २०२५ (आइतबार) दुलियाजानस्थित लक्ष्मी पेलेस प्रेक्षागृहमा आयोजना हुँदैछ।

यस गाम्भीर्यपूर्ण बौद्धिक अनुष्ठानमा डिब्रुगड़ जिल्लाभित्रका गोर्खाली जातीय संघ–संस्‍थान, मन्दिर सञ्चालन समिति, जनप्रतिनिधि, लेखक–साहित्यकार, शिक्षागुरू, समाज सचेतक र प्रतिष्ठित बुद्धिजीवीहरूको सहभागिता रहने बताइएको छ।

AAGSU डिब्रुगड़ जिल्ला समितिका अनुसार हाल जिल्लाका गोर्खाली समाजले सामना गरिरहेका जातीय समस्या, चिन्हारी, अस्तित्व र सामाजिक चुनौतीहरूलाई गहिरो रूपमा विश्लेषण गरी तिनको स्थायी समाधानका लागि सामूहिक प्रस्ताव ग्रहण गर्ने उद्देश्यले उक्त कार्यक्रम आयोजना गरिएको हो।

कार्यक्रमको शुभारम्भ AAGSU डिब्रुगड़ जिल्ला सभापति रत्न थापाको बाहुलीबाट झण्डोत्तलनका साथ हुनेछ भने जिल्ला मुलसचिव दिपु घिसिङले स्मृति तर्पण र सल्लाहकारद्वय प्रदीप भुजेल र गणेश लामाले प्रसिद्ध कलाकार जुबिन गार्गको प्रतिछविमा माल्यार्पण गर्नेछन्।

प्रतिनिधि पञ्जियनपछि सुरु हुने मुख्य सत्रमा केन्द्रीय सहसचिव अजय कुमार आलेले स्वागत अभिभाषण र केन्द्रीय सांगठनिक सचिव दीपक नेवारले सभालाई उद्बोधन गर्ने कार्यक्रम तय गरिएको छ।
अन्त्यमा असमको जातीय संगीतद्वारा कार्यक्रमको समापन गरिनेछ।

सभापति रत्न थापाले डिब्रुगड़ जिल्लाका सम्पूर्ण गोर्खाली संघ–संस्‍थान, बुद्धिजीवी, समाज सचेतक र जनप्रतिनिधिहरूलाई जातीय हित र एकताको साझा प्रयोजनका लागि कार्यक्रममा सहभागिता जनाई सहभवना प्रकट गर्न हार्दिक निमन्त्रणा गरेका छन्।

📤 Share this story
Scroll to Top