All Assam Gorkha Students' Union

All Assam Gorkha Students’ Union

” Unity | Education | Empowerment ” 

📰 AAGSU e-Bulletin
Issue #4
November 13, 2025

अखिल असम गोर्खा छात्र संघ (AAGSU) केन्द्रीय वर्धित कार्यकारिणी सभा सम्पन्न

📅 November 13, 2025
✍️ AAGSU
🕒 12:03 AM

गुवाहाटी, ९ नोभेम्बर २०२५ – अखिल असम गोर्खा छात्र संघ (AAGSU) को केन्द्रीय वर्धित कार्यकारिणी सभा आज गुवाहाटीको पल्टन बजारस्थित मुख्य कार्यालयमा बिहान १० बजेबाट अनुस्ठित भयो । यस वर्धित सभा मा संघको सम्पूर्ण केन्द्रीय नेतृत्व, साथै असमभरिका विभिन्न जिल्ला समितिहरूका प्रतिनिधिहरू उपस्थित रहेर संघको आगामी कार्ययोजना र संगठनात्मक मजबुती सम्बन्धी महत्वपूर्ण छलफल गरेका थिए।

सभामा उपस्थित जिल्ला समितिहरूमा डिब्रूगढ़, तिनसुकिया, गोलाघाट, शोणितपुर, कोकराझार, कामरूप तथा अन्य प्रमुख जिल्लाका प्रतिनिधिहरू समावेश थिए। हरेक जिल्ला समितिका प्रतिनिधिहरूले आफ्ना जिल्लाका संघ गतिविधि, विद्यार्थीहरूको समस्या, र आगामी कार्यक्रमहरूबारे विस्तृत रिपोर्ट प्रस्तुत गरेका थिए। सहभागी प्रतिनिधिहरूले संघको आगामी ५० औं स्थापना दिवस र संस्थापक जयन्ती समारोह सफल बनाउने प्रतिवद्धता व्यक्त गरे।

सभामा मुख्य प्रस्तावहरू र निर्णयहरू यस प्रकार रहेका छन्:

१. यस वर्ष डिसेम्बर २६ तारिख, २०२५ मा डिब्रूगढ़मा संघको ५० औं स्थापना दिवस भव्य रूपमा मनाउने निर्णय भएको छ। आगामी वर्ष संघको स्वर्णजयन्ती वर्षको रुपमा विभिन्न सांस्कृतिक, सामाजिक र शैक्षिक कार्यक्रमहरूका साथ असमभरि आयोजना गरिने छ जसको पहिलो आयोजनाको सुभारम्भ डिब्रूगढ़बाट हुनेछ।

२. संघको वेबसाइट सञ्चालन तथा डिजिटल व्यवस्थापनलाई सुदृढ बनाउन प्रत्येक जिल्लामा सूचना प्रविधि (IT) सचिव नियुक्त गर्ने निर्णय भएको छ। नियुक्त IT सचिवले सो जिल्लाका कार्यक्रम तथा संघ सम्बन्धी डिजिटल कामकाजको प्रत्यक्ष जिम्मेवारी लिनेछन् र यस सम्बन्धमा प्रत्यक्ष केन्द्रीय IT सचिवलाई रिपोर्ट गर्नेछन्।

सभा अन्त्यमा सभापति सुनील छेत्री र मूल–सचिव नुमल छेत्रीले संघको आगामी कार्यक्रमहरू सफलतापूर्वक सञ्चालन गर्न सबै जिल्ला प्रतिनिधिहरूलाई आह्वान गर्नु भएको थियो। उहाँहरूले विशेषगरी जिल्ला समितिहरूलाई संघका गतिविधिहरूमा सक्रिय सहभागिता जनाउन र संघको सामाजिक तथा सांस्कृतिक भूमिकालाई सुदृढ बनाउन आग्रह गर्नुभयो।

अखिल असम गोर्खा छात्र संघको यस वर्धित कार्यकारिणी सभाले संघको संगठनात्मक मजबुती, डिजिटल व्यवस्थापन सुदृढीकरण, र असमभरिका विद्यार्थीहरूको हित सुनिश्चित गर्ने दिशा प्रस्ट पार्दै आगामी कार्यक्रमहरूको योजना सुनिश्चित गरेको विश्लेषकहरूले बताएका छन्।

📤 Share this story
Scroll to Top