All Assam Gorkha Students' Union

All Assam Gorkha Students’ Union

” Unity | Education | Empowerment ” 

📰 AAGSU e-Bulletin
Issue #4
November 13, 2025

रैथाने गोर्खाली चलचित्र “परिस्थिति” सुवनखाटामा प्रदर्शन — दर्शकको उत्साही सहभागिता

📅 November 13, 2025
✍️ AAGSU
🕒 12:12 AM

सुवनखाटा, ०९ नोभेम्बर २०२५ – अखिल असम गोर्खा छात्र संघ (AAGSU) सुवनखाटा आञ्चलिक समितिको आयोजनामा असम भूमिबाट निर्माण गरिएको रैथाने गोर्खाली चलचित्र “परिस्थिति” को प्रदर्शन सुवनखाटा कम्युनिटी हलमा सम्पन्न भयो। स्थानीय स्तरमा गोर्खाली भाषा, संस्कृति र कला प्रवर्द्धन गर्ने उद्देश्यले गरिएको यो विशेष प्रदर्शन कार्यक्रममा सुवनखाटाका विभिन्न गाउँहरूबाट करिब १००० जना दर्शकहरूको उल्लेखनीय सहभागिता देखियो।

कार्यक्रमको सन्चालन सुवनखाटा आञ्चलिक समितिका सभापति हेमराज सापकोटाले गर्नुभयो। प्रमुख अतिथिको रूपमा उपस्थित रहनु भएको अखिल असम गोर्खा छात्र संघ (AAGSU) बि.टि.आर समितिका मूल–सचिव श्रीमान् राजु सुवेदीले रैथाने सोच र स्थानीय सिपले निर्माण गरिएको चलचित्र “परिस्थिति” ले समाजमा सकारात्मक चेतना जगाउने विश्वास व्यक्त गर्नुभयो। साथै अन्य सम्माननीय अतिथिहरूमा बाक्सा जिल्ला समितिका उप–सभापति श्रीमान् राम निरौला, निकासी आञ्चलिक समितिका मूल–सचिव श्रीमान् चन्दन भुषाल, ओगस नलबारी जिल्ला समितिका प्राक्तन सभापति तथा सुवनखाटाका समाजसेवी श्रीमान् टिकाराम शर्मा, बि.टि.सी AAGSU का प्राक्तन मूल–सचिव श्रीमान् जीवन भट्टराई, शिक्षक श्रीमान् भिमबहादुर प्रधान, सांस्कृतिक कर्मी श्रीमान् राम राई, र चलचित्र “परिस्थिति” का निर्माता श्रीमान् बिजु पाठक लगायत अन्य विशिष्ट व्यक्तित्वहरू उपस्थित हुनुहुन्थ्यो।

सबैले असममा निर्मित गोर्खाली चलचित्रहरूले समुदायको पहिचान, संस्कृति र संघर्षका कथा उजागर गर्ने कार्यमा ठूलो योगदान पुर्‍याइरहेको उल्लेख गर्दै, आगामी दिनहरूमा यस प्रकारका सांस्कृतिक प्रयासलाई निरन्तरता दिनु पर्नेमा जोड दिनुभयो।

अन्त्यमा, चलचित्र “परिस्थिति” ले असमेली गोर्खा समाजको वास्तविक जीवन, संघर्ष र मूल्य प्रणालीलाई हृदयस्पर्शी रूपमा प्रस्तुत गरेको भन्दै अतिथि र दर्शकहरूले निर्मातादेखि सम्पूर्ण टिमलाई हार्दिक बधाई व्यक्त गर्नुभयो।

प्रेरक: पुस्कर चारागाइ- मूल-सचिव सुवानखाटा आञ्चलिक समिति (आग्सु)

📤 Share this story
Last Story in Issue →
Scroll to Top