
अखिल असम गोर्खा छात्र संघ (AAGSU) उत्तर नागशंकर आञ्चलिक समितिको १७ औं द्वि–बार्षिक अधिवेशन तथा प्रतिनिधि सभा रतनपुर शाखाको सक्रिय सहयोगमा रतनपुर एल.पी. स्कूलको प्राङ्गणमा गत १५ नोभेम्बर २०२५, शनिबारका दिन सफलतापूर्वक सम्पन्न भयो। विभिन्न शाखाहरूका प्रतिनिधिहरूको उत्साहपूर्ण सहभागितामा सम्पन्न यस अधिवेशनले सांगठनिक सुदृढीकरण, भविष्यका कार्ययोजना तथा गोर्खा समाजको शैक्षिक–सामाजिक उन्नतिलाई केन्द्रमा राख्दै महत्वपूर्ण विचार–चिन्तनको वातावरण सिर्जना गर्यो।
कार्यक्रमको सञ्चालन उत्तर नागशंकर आञ्चलिक समितिका सम्माननीय सभापति श्री किशन प्रधानज्यूले गर्नुभएको थियो। सभामा अखिल असम गोर्खा छात्र संघका केन्द्रीय सदस्य श्रीमान गोपाल छेत्री ज्यू, शोणितपुर जिल्ला समितिका सह–सचिव श्रीमान प्रकाश आचार्य ज्यू, जिल्ला कार्यकारिणी सदस्य श्रीमान सुजित थापा ज्यू, सदस्य श्रीमान चन्द्र गौतम ज्यू तथा उत्तर जामुगुरी आञ्चलिक समितिका मुल–सचिव श्रीमान रुद्र छेत्री ज्यूको विशिष्ट उपस्थिति रह्यो।
अधिवेशनमा आञ्चलिक समितिका मुल–सचिव श्री पुरुषोत्तम ढुङ्गेलज्यूले कार्यसमितिको सम्पादकीय प्रतिवेदन प्रस्तुत गर्नुभयो, जसमा विगत कार्यकालका गतिविधि, उपलब्धि र सुधार गर्नुपर्ने पक्षहरू विस्तृत रूपमा उल्लेख गरिएको थियो। अधिवेशनमा गुटिबारी, टेङ्गाबस्ती, कैलाशपुर, उत्तर बालिजुरी तथा रतनपुर शाखा समितिका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रह्यो। साथै आञ्चलिक समितिका प्राक्तन AAGSU कर्मी तथा उपदेशकज्यूहरू — श्रीमान पद्म लुईटेल, श्रीमान किशोर पौडेल, श्रीमान अशोक ढुङ्गेल, रमेश नेपाल, राजु लिम्बू लगायत क्षेत्रका अनेकौं शुभचिन्तकहरूको उपस्थितिले कार्यक्रमलाई अझै उत्साहपूर्ण बनायो।
सभामा अखिल असम गोर्खा छात्र संघको सांगठनिक विकास, सदस्य विस्तार, विद्यार्थी हितका कार्यक्रम, सामाजिक उत्तरदायित्व तथा स्थानीय स्तरका समसामयिक मुद्दामाथि विस्तृत छलफल तथा सुझाव–सिफारिसहरू प्रस्तुत गरियो। सहभागी प्रतिनिधिहरूले एकमतले संगठनलाई अझ सक्रिय, अनुशासित र योजना–मुखी ढंगबाट अगाडि लैजानुपर्ने आवश्यकता औंल्याउँदै सकरात्मक सुझावहरू राखे।
प्रतिनिधि सभाको विशेष सत्रमा सर्वसम्मत निर्णयअनुसार नयाँ आञ्चलिक समितिको गठन गरिएको थियो। नवगठित समितिमा प्रमुख उपदेशक श्रीमान पद्म लुईटेल, सभापति श्री किशन प्रधान, मुल–सचिव श्री पुरुषोत्तम ढुङ्गेल, उप–सचिव रतन छेत्री, राम राई, बिक्रम छेत्री, मणिका शर्मा, सह–सचिव किरण खनाल, जयन्त गौतम, बिकास अधिकारी, सांगठनिक सचिव दिनेश भण्डारी तथा तेज नेवार, सांस्कृतिक सचिवा जानुकी देवी र साबित्री गिरी, शिक्षा सचिव श्रद्धा शर्मा र निरज घिमिरे, प्रचार सचिव पुष्प बास्कोटा र प्रितम छेत्री, खेल सचिव बिष्णु निरोला, मुखपत्र सचिव ईश्वर ढकाल, संय सेवी प्रमुख मिलन सुब्बा तथा सदस्य/सदस्यामा रेश्मा छेत्री, मिना देवी, पंकज गजुरेल, गंगा छेत्री, देवी सोनार, टंक लिम्बू, कृष्ण सुब्बा, बिजय तामाङ, समिर तामाङ, टेक बहादुर विश्वकर्मा, गायत्री गिरी र बिजय भण्डारी सर्वसम्मत रूपमा निर्वाचित हुनु भयो।
समिति गठनपछि नव–निर्वाचित पदाधिकारीहरूले एक–आपसमा एकता, पारदर्शिता र जिम्मेवारीपूवर्क संगठनका सिद्धान्त पालन गर्दै समाज–सेवामा समर्पित रहने प्रतिवद्धता व्यक्त गर्दै सपथ ग्रहण गरे। कार्यक्रम उत्तम वातावरणमा सम्पन्न भएको थियो र अन्त्यमा उपस्थित अतिथि, प्रतिनिधि तथा शुभचिन्तकहरूलाई आभार व्यक्त गर्दै अधिवेशन औपचारिक रूपमा समापन गरियो।
प्रतिवेदन: किशन प्रधान- सभापति, उत्तर नागशंकर आञ्चलिक समिति (आग्सु) ।
