बङ्गाइगाउँ, डिसेम्बर 7: अखिल असम गोर्खा छात्र संघ (आग्सु) बङ्गाइगाउँ जिल्ला समितिको अधिवेशन अङ्ग्रेजी 7 डिसेम्बर, आइतबारका दिन किसन बजार स्थित संसारी भवनमा एक दिवसीय कार्यसूचीसहित भव्य रूपमा सम्पन्न भयो। बिहान ८ बजे झण्डा उत्तोलनबाट कार्यक्रमको औपचारिक सुरुआत गरियो। त्यसपछि शहीद तर्पण तथा वृक्षरोपण कार्यक्रम सम्पन्न गर्दै वातावरणलाई समाजसेवा, सम्मान र दायित्वबोधको भावनाले भरिएको बनाइयो।
ग्रन्थ विमोचन तथा चिया–चमेना पश्चात बङ्गाइगाउँ जिल्ला समितिको ७ औं प्रतिनिधिसभा आरम्भ गरियो। कार्यक्रममा अखिल असम गोर्खा छात्र संघ केन्द्रीय समितिबाट उपसभापति सञ्जीव चौहान, सह–सचिव रामकुमार श्रेष्ठ, स्वयंसेवक दस्ताका प्रमुख त्रिलोचन भट्टराई, स्वास्थ्य सचिव अमृत खड्का र सांस्कृतिक सचिव त्रिदेव बिष्ट पर्यवेक्षकको रूपमा उपस्थित थिए। साथै जिल्ला समितिका पूर्व सभापति अशोक शर्मा, किशोर शर्मा, किरण पौडेल तथा जिल्ला समितिका प्रतिष्ठापक मूल–सचिव यादव सुवेदीको विशेष उपस्थिति रहेको थियो। आयोजक समितिका सभापति लोकबहादुर महतले प्रतिनिधि सभाको औपचारिक उद्घाटन गर्नुभयो।
प्रतिनिधि सभाले नयाँ २१ सदस्यीय बङ्गाइगाउँ जिल्ला समितिको गठन गर्यो। नवगठित समितिको नेतृत्व यसप्रकार छ —सभापति: प्रभाकर क्षेत्री,उप–सभापति: बिकास पौडेल, सञ्जीव सोनार,मूल–सचिव: विनिता नेवार,सचिव: सन्दीप क्षेत्री, अल्विना क्षेत्री र बुद्ध क्षेत्री, सांगठनिक सचिव: चेतन शर्मा, दिपक क्षेत्री र रिजु क्षेत्री, प्रचार सचिव: टंक बहादुर क्षेत्री ,शिक्षा सचिव: अरूप शर्मा, पत्रिका सचिव: जनक विस्वकर्मा, सांस्कृतिक सचिव: प्रियंका क्षेत्री, सह–सांस्कृतिक सचिव: दिपा क्षेत्री, कार्यालय सचिव: बिक्रम पाठक, स्वयंसेवक प्रमुख: श्याम क्षेत्री, खेलकुद सचिव: विजय पाठक, वित्त सचिव: प्रेम राई,
साहित्य सचिव: मनिषा पौडेल
नवनिर्वाचित समितिले संगठनलाई अझ सुदृढ, सक्षम र जनतासँग नजिक बनाउँदै आगामी दिनहरूमा शिक्षा, संस्कृति, पहिचान, अधिकार तथा सामाजिक उत्थानका कार्यक्रमहरूलाई बढी प्रभावकारी बनाउने प्रतिवद्धता व्यक्त गर्यो।
प्रतिनिधि सभा पश्चात आयोजित आमसभामा दुवै तहका पदाधिकारी, असम गोर्खा सम्मेलन, नेपाली साहित्य सभा, महिला प्रकोष्टका अगुवा तथा गोर्खा समुदायको व्यापक सहभागिता रह्यो। सभामा देखिएको अभूतपूर्व जनउपस्थितिले आग्सु प्रति समुदायको विश्वास, प्रेम र ऐक्यबद्धताको स्पष्ट अभिव्यक्ति दिएको थियो।
कार्यक्रममा बङ्गाइगाउँ विधानसभा क्षेत्रकी सम्माननीय विधायिका दीप्तिमयी चौधुरी, असम नेपाली साहित्य सभाका केन्द्रीय कार्यवाहक सदस्य तथा बङ्गाइगाउँ विश्वविद्यालयका परीक्षा नियन्त्रक भवानी प्रसाद शर्मा, साथै IDBI बैंकका सह–प्रबन्धक अर्णव सुब्बाको विशेष सहभागिताले कार्यक्रमलाई अझ गरिमामय बनायो।
संगठनात्मक दृढता, सांस्कृतिक उत्साह र उल्लेखनीय सहभागिताका बीच सम्पन्न यस अधिवेशनले बङ्गाइगाउँ जिल्ला समितिको भविष्यगत यात्रालाई नयाँ ऊर्जा तथा स्पष्ट दिशा प्रदान गरेको छ।
प्रतिवेदन: प्रभाकर छेत्री- सभापति, बोंगाइगांउ जिला समिति ( आग्सु)।
