All Assam Gorkha Students' Union

All Assam Gorkha Students’ Union

” Unity | Education | Empowerment ” 

📰 AAGSU e-Bulletin
Issue #8
December 11, 2025

चराईदेउ जिला समितिको बर्धित कार्यकारिणी सभा सम्पन्न।

📅 December 11, 2025
✍️ AAGSU
🕒 12:05 AM

चराईदेउ,दिसम्बर १०: अखिल असम गोर्खा छात्र संघ, चराईदेउ जिला समितिको बर्धित कार्यनिर्वाहक सभा चराईदेउ जिलाको आवर्त भवनमा गरिमामय वातावरणमा आज सम्पन्न भयो। सभाको सभापतिको आसन जिल्ला समिति का सभापति अशोक लामा ज्यूले आलङ्कृत गर्नुभयो।

कार्यक्रमको उद्देश्य–व्याख्या तथा विगत गतिविधिहरूको संक्षिप्त प्रस्तुति जिल्ला समिति का मूल-सचिव लाल थापा ज्यूले प्रस्तुत गर्नुभयो। संघको संगठनात्मक सुदृढीकरण तथा वर्तमान गतिशीलताका विषयमा केन्द्रीय समितिका संगठनात्मक सचिव बिराज लिम्बू ज्यूको उपस्थिति र मार्गदर्शनले सभामा विशेष ऊर्जा थपिएको थियो।

उक्त बर्धित कार्यनिर्वाहक सभामा आगामी डिसेम्बर २६ र २७ तारिख हुने “श्वर्ण जयन्ती” शुभारम्भ समारोहका तयारीबारे विस्तृत रूपमा छलफल भयो। कार्यक्रमलाई सफल, भव्य र सहभागीमूलक बनाउन आवश्यक पूर्वतयारी, समितिहरूको गठन, निमन्त्रणा व्यवस्थापन, प्रचार–प्रसार रणनीति तथा गतिविधिहरूका भूमिका बाँडफाँडसमेत विस्तृत रूपमा निर्धारण गरिएको थियो।

यस्तै, सोही अवसरमा परवर्ती दिनहरूमा जिल्लास्तरमा सञ्चालन गरिनुपर्ने विभिन्न कार्यक्रम, जनसञ्चार गतिविधि, संगठन अभिवृद्धि योजना र आगामी महिनाहरूमा प्राथमिकताका रूपमा अघि बढाइने कार्यसूचीबारे पनि प्रतिनिधिहरूले आ–आफ्ना धारणा राखेर चर्चा–परिचर्चा सम्पन्न गरे।

सभाले चराईदेउ जिल्लामा आग्सुको संगठनात्मक क्रियाशीलता अझ सबल बनाउँदै समुदायका सवाल–समस्यालाई संस्थागत रूपमा अघि सार्ने दृढ प्रतिबद्धता व्यक्त गर्दै सफलतापूर्वक सम्पन्न भएको घोषणा गर्यो।

प्रतिवेदन: अशोक लामा- सभापति, चराईदेउ जिला समिति (आग्सु) ।

📤 Share this story
Scroll to Top