All Assam Gorkha Students' Union

All Assam Gorkha Students’ Union

” Unity | Education | Empowerment ” 

📰 AAGSU e-Bulletin
Issue #11
January 1, 2026

धेमाजीका डा. शिव क्षेत्रीलाई जर्मनीबाट PhD उपाधि, गोर्खा छात्र संघद्वारा हार्दिक बधाई

📅 January 1, 2026
✍️ AAGSU
🕒 12:05 AM

जोनाइ ,३० डिसेम्बर: असमको धेमाजी जिल्लाका एक होनहार युवा डा. शिव क्षेत्रीले अन्तर्राष्ट्रिय स्तरमा उल्लेखनीय शैक्षिक सफलता हासिल गर्दै राज्य र समुदायको गौरव बढाउनुभएको छ। धेमाजी जिल्ला अन्तर्गत जोनाई निवासी सूर्य बहादुर क्षेत्री र सान्ता क्षेत्रीका सुयोग्य सन्तान डा. शिव क्षेत्रीले जर्मनीको सुप्रसिद्ध लाइपजिग विश्वविद्यालय (Leipzig University) बाट रसायन विज्ञान (Chemistry) विषयमा पीएचडी (PhD) उपाधि प्राप्त गर्नुभएको हो। यो उपलब्धिले असमेली गोर्खा समुदाय मात्र होइन, सम्पूर्ण असमका युवाहरूका लागि प्रेरणादायी उदाहरण प्रस्तुत गरेको छ।


साधारण पारिवारिक पृष्ठभूमिबाट निरन्तर मेहनत, अनुशासन र लगनशीलताका साथ अघि बढ्दै डा. शिव क्षेत्रीले अन्तर्राष्ट्रिय स्तरको विश्वविद्यालयमा उच्च अध्ययन पूरा गर्नु वास्तवमै प्रशंसनीय कार्य हो। विज्ञान तथा अनुसन्धानको क्षेत्रमा विश्वमै प्रतिष्ठित मानिने लाइपजिग विश्वविद्यालयबाट पीएचडी उपाधि प्राप्त गर्नु उहाँको प्रतिभा, धैर्य र समर्पणको प्रतिफल हो। रसायन विज्ञान क्षेत्रमा गरिएको उहाँको अनुसन्धानले भविष्यमा शैक्षिक तथा वैज्ञानिक जगतमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।
डा. शिव क्षेत्रीको यस ऐतिहासिक उपलब्धिप्रति ‘अखिल असम गोर्खा छात्र संघ’ (आग्सु), धेमाजी जिल्ला समितिले गहिरो हर्ष र गौरव व्यक्त गर्दै हार्दिक बधाई तथा शुभकामना ज्ञापन गर्ने उदेश्यले जिला समितीको एउटा टोली वाहाको आवासमा उपस्थितहुन्छ । टोलिमा केन्द्रीय खेलकुद सचिव श्रीमान मोहन बिश्वकर्मा, धेमाजी जिला समितिका सभापति सोमराज पुरी ,उप-सभापति मिन प्रधान, कार्यकारिणी सदस्य सन्जु मगर संग संगै मिसिङ स्वायत्त शासन परिषद का सम्माननीय कार्यवाही सदस्य श्रीमान पदम कुमार राइको गरिमामय उपस्थित थियो। संघले प्रदान गरेको बधाई सन्देशमा यस्तो उपलब्धिले असमेली गोर्खा समुदायका विद्यार्थीहरूलाई उच्च शिक्षा, अनुसन्धान र नवप्रवर्तनतर्फ अग्रसर हुन थप प्रेरणा मिल्ने विश्वास व्यक्त गरिएको छ। धेमाजी जिल्ला समितिका सभापतिको भनाइ अनुसार, डा. क्षेत्रीको सफलता समुदायका युवाहरूका लागि “विदेशमा अध्ययन असम्भव होइन, निरन्तर प्रयास गरे सफलता अवश्य सम्भव छ” भन्ने सशक्त सन्देश हो।
आग्सु, धेमाजी जिल्ला समितिले शिक्षा नै समाजको समग्र विकासको आधार भएको उल्लेख गर्दै भविष्यमा पनि यस्ता प्रतिभाशाली विद्यार्थीहरूलाई पहिचान, सम्मान र प्रोत्साहन गर्दै जाने प्रतिबद्धता व्यक्त गरेको छ। संघले डा. शिव क्षेत्रीले आगामी दिनमा पनि अनुसन्धानको क्षेत्रमा नयाँ उचाइ हासिल गर्दै असम, भारत र गोर्खा समुदायको नाम अन्तर्राष्ट्रिय स्तरमा अझ उज्यालो बनाउने विश्वास व्यक्त गरेको छ।
डा. शिव क्षेत्रीको यस उपलब्धिले धेमाजी जिल्लालाई शैक्षिक नक्सामा थप चिनाउने काम गरेको छ। उहाँको सफलताले गाउँ–शहर, सुविधा–असुविधाभन्दा माथि उठेर मेहनत र लक्ष्यप्रति इमानदार रहे सफलता हासिल गर्न सकिन्छ भन्ने उदाहरण स्थापित गरेको छ। आग्सु, धेमाजी जिल्ला समिति पुनः एकपटक डा. शिव क्षेत्रीलाई उज्ज्वल भविष्य, दीर्घायु र अनुसन्धान यात्रामा निरन्तर सफलता प्राप्त होस् भनी हार्दिक शुभकामना अर्पण गर्दछ।

प्रतिशत: सोमराज पुरी- सभापति धेमाजी जिला समिति (आग्सु)।

📤 Share this story
Scroll to Top