All Assam Gorkha Students' Union

All Assam Gorkha Students’ Union

” Unity | Education | Empowerment ” 

📰 AAGSU e-Bulletin
Issue #25
April 9, 2026

तिराप–जागुन आञ्चलिक समितिद्वारा नव–निर्वाचित जिल्ला नेतृत्वलाई सम्मान

📅 April 9, 2026
✍️ AAGSU
🕒 12:06 AM

तिनसुकिया, १ अप्रिल २०२६ : अखिल असम गोर्खा छात्र संघ (आग्सु) अन्तर्गत तिराप–जागुन आञ्चलिक समितिको आयोजनामा आज रामपुर, जागुनस्थित गोर्खा भवनमा नव–निर्वाचित तिनसुकिया जिल्ला नेतृत्वलाई सम्मान गर्ने उद्देश्यले एक भव्य सम्मान समारोह सम्पन्न भएको छ। कार्यक्रममा संगठनका विभिन्न तहका प्रतिनिधि, अग्रज सदस्य तथा युवाहरूको उत्साहजनक उपस्थिति रहेको थियो।

स्मरण रहोस् कि गत २२ मार्च २०२६ मा धोलाबजारमा सम्पन्न तिनसुकिया जिल्ला समितिको प्रतिनिधि सभामार्फत नयाँ जिल्ला कार्यसमिति चयन गरिएको थियो। सोही प्रतिनिधि सभाबाट निर्वाचित नेतृत्वलाई औपचारिक रूपमा अभिनन्दन गर्दै आजको कार्यक्रम आयोजना गरिएको हो।

नव–निर्वाचित जिल्ला समितिमा सभापतिका रूपमा देव गुरुङ, मूल–सचिवमा सञ्जय जैस, उप–सभापतिमा गोपी क्षेत्री, संगठन सचिवमा सान्ता तामाङ, खेलकुद सचिवमा सञ्जय क्षेत्री तथा स्वास्थ्य सचिवमा देवराज सोनार चयन भएका छन्। कार्यक्रममा उनीहरू सबैलाई खादा तथा सम्मान पत्रद्वारा सम्मान गरिएको थियो।

विशेष रूपमा तिराप–जागुन आञ्चलिक समितिबाट जिल्ला समितिमा निर्वाचित भई नेतृत्व तहमा पुगेका प्रतिनिधिहरूलाई समेत विशेष सम्मान प्रदान गरिएको थियो। साथै टीजेआरसी (TJRC) बाट जिल्ला समितिमा प्रवेश गरेका चार जना प्रतिनिधिहरूलाई पनि कार्यक्रममा अभिनन्दन गरिएको थियो, जसले संगठनप्रति उनीहरूको प्रतिबद्धता र योगदानको कदर गरिएको सन्देश दिएको छ।

कार्यक्रमका उद्योक्ता कृष्ण रिमाल तथा राकेश शर्मा रहेका थिए भने सम्पूर्ण कार्यक्रम व्यवस्थापनमा तिराप–जागुन आञ्चलिक टोलीको सक्रिय भूमिका रहेको थियो। उनीहरूको समन्वय र मेहनतका कारण कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको सहभागीहरूले बताएका थिए।

कार्यक्रममा वक्ताहरूले संगठन सुदृढीकरण, गोर्खा समुदायको हक–अधिकार सुनिश्चितता तथा युवाहरूको एकता र सक्रियतामा विशेष जोड दिएका थिए। नव–निर्वाचित सभापति देव गुरुङले आफ्नो कार्यकालमा संगठनलाई अझ प्रभावकारी र सशक्त बनाउने प्रतिबद्धता व्यक्त गरे भने मूल–सचिव सञ्जय जैसले संगठनका नीति तथा कार्यक्रमलाई तल्लो तहसम्म पुर्‍याउने लक्ष्य रहेको बताएका थिए।

यस सम्मान समारोहले तिनसुकिया जिल्लामा आग्सुको संगठनात्मक गतिविधिलाई नयाँ ऊर्जा प्रदान गर्नुका साथै जिल्ला तथा आञ्चलिक तहबीचको सम्बन्धलाई अझ सुदृढ बनाउने विश्वास लिइएको छ। सहभागीहरूले आगामी दिनमा संगठनलाई अझ मजबुत बनाउँदै गोर्खा समुदायको हक–अधिकारका लागि निरन्तर अघि बढ्ने प्रतिबद्धता जनाएका छन्।

प्रतिवेदक: कृष्ण रिमाल- सभापति, तिराप जागुन आञ्चलिक समिति।

📤 Share this story
Scroll to Top