
कोक्राझार , बी टी सी, 11 अप्रिल : अखिल असम गोर्खा छात्र संघ कोक्राझार जिल्ला समितिको आह्वानमा पाटगाउँ आञ्चलिक समिति अन्तर्गत खलासी प्राथमिक विद्यालय प्राङ्गणमा भएको बर्धित कार्यकारीणी सभाको अध्यक्षता सभापति आइता घिसिङ ले गर्नुभएको थियो भने सभाको उद्देश्य व्याख्या मूलसचिव सेबस्टियन रत्नेले गर्नु हुन्छ।
विभिन्न सांगठनिक विषयलाई लिएर केन्द्रिय ,क्षेत्रिय तथा कोक्राझार जिल्ला अन्तर्गत सम्पूर्ण आञ्चलिक हरुको उपस्थितिमा बसेको सभामा हालैमा असम माध्यमिक परीक्षा 2026 र असम उच्चतर माध्यमिक परीक्षा 2026 को परिणाम लाई मध्येनजर गरी जिल्ला समितिले सम्पूर्ण आञ्चलिक समिति हरुलाई उक्त परीक्षामा उत्तीर्ण विद्यार्थी हरुलाई संवर्द्धन गर्न आह्वान गरेको छ ।
साथै जिल्ला समितिले प्रत्येक आञ्चलिक समितिमा गोर्खाली विद्यार्थीहरुको उत्तीर्ण प्रतिशत कस्तो छ र कम्ती मात्रामा पास हुने विद्यार्थी हरुको लागि आञ्चलिकले एउटा विवरण प्रस्तुत गरी आगामी दिनमा आञ्चलिक हरुले शिक्षालाई अर्धिक प्राथमिकता दिएर कार्यहरू गर्न आह्वान गरेको छ।
साथै कोक्राझार जिल्ला समितिले नयाँवर्ष २०८३ को उपलक्ष्यमा क्यालेण्डर निर्माण गरेको जानकारी गराएका छन् र साथै उक्त क्यालेण्डर कोक्राझार जिल्लामा वसोवास गर्ने प्रत्येक गोर्खालीहरुको घरमा पुर्याएर केन्द्रिय समिति आग्सुको हर घर आग्सु घर घर आग्सु को नारा लाई केही मात्रामा सफल पार्न क्यालेण्डर निर्माण गरिएको हो भन्ने कुरा पनि जानकारी गराएका छन् ।
कोक्राझार जिल्ला समितिलाई प्रतिनिधित्व गर्ने केन्द्रिय र क्षेत्रिय समितिका नेतृत्वहरुको उक्त बर्धित कार्यकारीणी सभामा उपस्थिति नरहेता पनि समग्रमा जिल्ला समितिको उक्त सभा आञ्चलिक समितिको सहभागिताले सफल बनेको थियो।
प्रतिवेदक:- भुवन पौडेल,सचिव (IT incharge) कोक्राझार जिल्ला समिति आग्सु