
मोरिगाउँ, १५ अप्रिल २०२६ — All Assam Students Union (AASU) को मोरिगाउँ सदर/आञ्चलिक समितिको आयोजनामा १ बैशाखको अवसरमा मनाइएको सार्वजनिक खुला बिहुको रुपाली जयन्ती कार्यक्रममा AAGSU Morigaon District Committee (आग्सु मोरिगाउँ जिल्ला समिति) को विशेष सहभागिता रहेको छ।
उक्त कार्यक्रममा AASU मोरिगाउँ सदर/आञ्चलिकबाट प्राप्त निमन्त्रणालाई स्वीकार गर्दै आग्सु मोरिगाउँ जिल्ला समितिका पदाधिकारी तथा सदस्यहरू उपस्थित भई कार्यक्रमको शोभा बढाएका थिए। कार्यक्रमको मुख्य आकर्षणका रूपमा असमका विभिन्न स्थानबाट आएका बिहु टोलीहरूले आफ्नो सांस्कृतिक प्रस्तुति प्रस्तुत गर्दै दर्शकहरूलाई मन्त्रमुग्ध बनाएका थिए।
यसै अवसरमा आग्सु मोरिगाउँ जिल्ला समितिका सभापति लाई मञ्चमा बोलाई सम्मान तथा सम्बर्धना गरिएको थियो, जसले सम्पूर्ण टोलीलाई गौरवान्वित बनाएको छ। कार्यक्रमका क्रममा Utpal Sharma, केन्द्रीय सभापति, AASU को समेत विशेष उपस्थिति रहेको थियो। उहाँसँग आग्सु प्रतिनिधिहरूले छोटो तर महत्वपूर्ण कुराकानी गर्दै आपसी सहकार्य र भावी योजनाका विषयमा विचार आदान–प्रदान गरेका थिए।
यस प्रकारका सांस्कृतिक तथा संगठनात्मक कार्यक्रममा सहभागिता जनाउनु आग्सु मोरिगाउँ जिल्ला समितिका लागि प्रेरणादायी अनुभव भएको छ। भविष्यमा पनि यस्ता कार्यक्रममार्फत आपसी सम्बन्ध सुदृढ गर्दै, समाज र संस्कृतिको संरक्षणमा अझ सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ।
प्रतिवेदक: आदित्य शर्मा- सुचना एवं प्रविधि सचिव, मोरिगाउँ जिल्ला समिति।