
फिलोबारी, तिनसुकिया 12 अप्रेल: अखिल असम गोर्खा छात्र संघ (आग्सु) फिल’बारी आञ्चलिक समितिको नव–निर्वाचित आञ्चलिक समिति को शपथ ग्रहण समारोह बिजुलीवन रंगमञ्चमा भव्य रूपमा सम्पन्न भएको छ।
समारोहमा नव–निर्वाचित सभापति जितुल थापा, उप–सभापतिहरू प्रदीप क्षेत्री, रञ्जित क्षेत्री, विशाल क्षेत्री र रकी लिम्बु,मुल सचिव रन्जित शर्मा, सह–सचिवहरू दीपक क्षेत्री, विजय शर्मा, सञ्जित क्षेत्री र विकास क्षेत्री, शिक्षा सचिव दुर्गा क्षेत्री र तिलक कोइराला तथा सांगीठनिक सचिव पुष्कर दाहाल सहित अन्य सम्पूर्ण पदाधिकारी तथा सदस्यहरूले सामूहिक रूपमा शपथ ग्रहण गरेका थिए। उनीहरूले पदभार ग्रहण गर्दै संगठनप्रति आफ्नो जिम्मेवारी निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।
कार्यक्रममा अखिल असम गोर्खा छात्र संघ (AAGSU) तिनसुकिया जिल्ला समितिका मुख्य उपदेष्टा अशोक लामा, उपदेष्टाहरू पत्रिका लिम्बु तथा दुर्गा खतिवडा, दिलिप छेत्री ,जिल्ला समितिका कार्यकर्ता मिलन क्षेत्री, दल लिम्बु, सोनु तेम्बे, शेखर गुरुङ, भास्कर दाहाल , मंगल लिम्बु, साथै प्रাক্তन आग्सु कर्मी केन्द्रीय समिति कुलु तामाङ ,प्राक्तन आग्सु कर्मी भोला ढकाल त्यसैगरी फिलोबारी जुनियर कलेजका प्रधानाचार्य तुलसी उपाध्याय, अधिवक्ता लिला उपाध्याय र तिनसुकीया जिला गोर्खा नारी परिषद् का सभापति/ मुलसचिव पनि उपस्थित थिए तेसै गरि विभिन्न आग्सु कार्यकर्ताहरू तथा फिलोबारी क्षेत्रका बुद्धिजीवीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
उपस्थित अतिथिहरूले नव–निर्वाचित टोलीलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्दै संगठनलाई अझ सशक्त, गतिशील र जनमुखी बनाउने दिशामा अघि बढ्न आग्रह गरेका थिए। साथै, विद्यार्थीहरूको हक–हित संरक्षण, शैक्षिक उन्नति तथा सामाजिक एकताको सुदृढीकरणमा सक्रिय भूमिका खेल्नुपर्ने आवश्यकता औंल्याएका थिए।
शपथ ग्रहणपश्चात् नव–निर्वाचित प्रतिनिधिहरूले जिम्मेवारीलाई इमान्दारी, निष्ठा र समर्पणका साथ निर्वाह गर्ने अठोट व्यक्त गर्दै फिल’बारी क्षेत्रका सम्पूर्ण विद्यार्थी तथा युवाहरूलाई संगठनसँग आबद्ध भई सामूहिक रूपमा अगाडि बढ्न आह्वान गरेका थिए।
समारोह उत्साहजनक तथा अनुशासित वातावरणमा सम्पन्न भएको थियो भने अन्त्यमा आयोजक समितिले उपस्थित सम्पूर्णप्रति धन्यवाद ज्ञापन गरेको थियो।
प्रतिवेदक: जितुल थापा- सभापति, फिलोबारी आञ्चलिक समिति ।