All Assam Gorkha Students' Union

All Assam Gorkha Students’ Union

” Unity | Education | Empowerment ” 

📰 AAGSU e-Bulletin
Issue #29
May 7, 2026

देउश्री शाखा समितिद्वारा विशेष अभिनन्दन कार्यक्रम सम्पन्न।

📅 May 7, 2026
✍️ AAGSU
🕒 12:07 AM

देउश्री, ३० अप्रिल: आज अखिल असम गोर्खा छात्र संघ (आग्सु) सुनगाभा आञ्चलिक अन्तर्गत देउश्री शाखा समितिद्वारा आयोजना गरिएको कृति विद्यार्थी अभिनन्दन कार्यक्रम एक गरिमामय वातावरणमा सफलतापूर्वक सम्पन्न भएको छ। शाखा समितिका मुल सचिव श्री जीवन नेपालद्वारा सञ्चालन गरिएको उक्त कार्यक्रमको सभापतित्व शाखा समितिका सभापति श्री मिलन गिरीले गर्नु भएको थियो।

कार्यक्रममा चिराङ जिल्ला समितिका सभापति श्री निश्चल गिरी मुख्य अतिथिका रूपमा उपस्थित रहनु भई कृति विद्यार्थीहरूलाई बधाई तथा शुभकामना व्यक्त गर्नु भएको थियो। उहाँले आफ्नो मन्तव्यमा विद्यार्थीहरूको सफलताले समाज र राष्ट्रको भविष्य उज्यालो बनाउने उल्लेख गर्दै निरन्तर मेहनत, अनुशासन र लक्ष्यप्रति प्रतिबद्ध रहन विद्यार्थीहरूलाई प्रेरित गर्नु भयो।

कार्यक्रममा सुनगाभा आञ्चलिक समितिका सभापति श्री नवीन थापा, उपसभापति श्री दीपक शर्मा तथा शिक्षा सचिव श्री पराग तिम्सिनालगायतका नेतृत्वर उपस्थिति रहेको थियो। उहाँहरूले समेत विद्यार्थीहरूको उपलब्धिको प्रशंसा गर्दै आगामी दिनमा अझ उच्च सफलता हासिल गर्न प्रेरणादायी मन्तव्य राख्नु भएको थियो।

उक्त कार्यक्रममा शाखा समितिका सम्पूर्ण नेतृत्व, विभिन्न संघ–संस्थाका प्रतिनिधि, पूर्व छात्र कर्मी, बुद्धिजीवी, समाजसेवी, शिक्षक, अभिभावक तथा विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। सहभागीहरूले विद्यार्थीहरूको सफलतालाई सम्मान गर्दै यस्ता कार्यक्रमहरूले समाजमा शैक्षिक वातावरणलाई अझ सुदृढ बनाउने विश्वास व्यक्त गरेका थिए।

कार्यक्रममा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीहरूलाई सम्मानपत्र तथा पुरस्कार प्रदान गरी अभिनन्दन गरिएको थियो। यस अवसरमा विद्यार्थीहरूले आफ्नो अनुभव बाँड्दै सफलता प्राप्त गर्न कडा मेहनत, समय व्यवस्थापन र परिवार तथा शिक्षकहरूको सहयोग महत्वपूर्ण हुने कुरा व्यक्त गरेका थिए।

अन्त्यमा, कार्यक्रम सफल बनाउन सहयोग पुर्‍याउनु हुने सम्पूर्ण महानुभावहरूलाई आयोजक पक्षले हार्दिक धन्यवाद ज्ञापन गरेको छ। साथै यस्ता कार्यक्रमलाई निरन्तरता दिँदै विद्यार्थीहरूलाई प्रोत्साहन गर्ने प्रतिबद्धता समेत व्यक्त गरिएको छ।

प्रतिवेदन:- श्री नवीन थापा-सभापति, सुनगाभा आञ्चलिक समिति।

📤 Share this story
Scroll to Top