All Assam Gorkha Students' Union

All Assam Gorkha Students’ Union

” Unity | Education | Empowerment ” 

📰 AAGSU e-Bulletin
Issue #30
May 14, 2026

उत्कृष्ट नतिजा हासिल गर्णे विद्यार्थीहरूलाई गरमपानी आञ्चलिक समितिद्वारा सम्मान तथा अभिनन्दन

📅 May 14, 2026
✍️ AAGSU
🕒 12:06 AM

गरमपानी, १० मे २०२६ः अखिल असम गोर्खा छात्र संघ (आग्सु) गरमपानी आञ्चलिक समितिको आयोजनामा यस वर्षको उच्च माध्यमिक (HS) तथा माध्यमिक शिक्षान्त (HSLC) परीक्षामा सफलतापूर्वक उत्कृष्ट नतिजा हासिलगर्णे विद्यार्थीहरूलाई सम्मान तथा अभिनन्दन गर्ने विशेष कार्यक्रम भव्य रूपमा सम्पन्न गरिएको छ। शिक्षाको क्षेत्रमा उत्कृष्ट नतिजा हासिल गर्दै समाज तथा क्षेत्रको गौरव बढाउने विद्यार्थीहरूलाई प्रोत्साहन प्रदान गर्ने उद्देश्यले आयोजित उक्त कार्यक्रममा विद्यार्थीहरूलाई सम्मानपत्र तथा प्रशंसा–पत्र वितरण गरिएको थियो।

कार्यक्रममा आग्सु डिमा हसाओ जिल्ला समितिको तर्फबाट सफल विद्यार्थीहरूलाई प्रशंसा–पत्र तयार गरी वितरण गरिएको थियो। कार्यक्रममा उपस्थित अभिभावक, शिक्षक तथा स्थानीय बुद्धिजीवीहरूले विद्यार्थीहरूको उपलब्धिको प्रशंसा गर्दै आगामी दिनमा अझ उच्च सफलता हासिल गर्न शुभकामना व्यक्त गरेका थिए। कार्यक्रममा विद्यार्थीहरूको मेहनत, अनुशासन तथा लगनशीलताको खुलेर सराहना गरिएको थियो।

उक्त कार्यक्रममा रिसोर्स पर्सनको रूपमा अखिल असम गोर्खा छात्र संघका केन्द्रीय समितिका सदस्य श्री दिलीप छेत्री तथा जीएनबी एलपी स्कूलका प्रधानाध्यापक श्री मधु शर्मा घिमिरे उपस्थित रहनुभएको थियो। उहाँहरूले आफ्नो सम्बोधनमा विद्यार्थी जीवनको महत्व, शिक्षाको आवश्यकता तथा समाज निर्माणमा शिक्षित युवापुस्ताको भूमिकाबारे महत्वपूर्ण विचार व्यक्त गर्नुभएको थियो। उहाँहरूले विद्यार्थीहरूलाई सकारात्मक सोचका साथ निरन्तर अध्ययनमा केन्द्रित रहन आग्रह गर्दै सफलताको लागि कडा परिश्रम अपरिहार्य रहेको धारणा राख्नुभयो।

कार्यक्रममा आग्सु गरमपानी आञ्चलिक समितिका उपसभापति श्री युवराज उपाध्याय, आग्सुका पूर्व सभापति श्री प्रकाश शर्मा, गाउँबुरा श्री कुमार राई, श्री रोहित छेत्री, श्रीमती रुक्मिणी शर्मा, श्रीमती निलु दर्जी, श्री विशाल जोशी तथा श्री मदन शर्मा लगायतको उल्लेखनीय उपस्थिति रहेको थियो। उपस्थित व्यक्तित्वहरूले विद्यार्थीहरूको उपलब्धिले सम्पूर्ण क्षेत्रलाई गौरवान्वित बनाएको बताउँदै आगामी दिनमा पनि यस्ता रचनात्मक कार्यक्रमलाई निरन्तरता दिनुपर्ने धारणा व्यक्त गरेका थिए।

सम्पूर्ण कार्यक्रम सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको थियो भने विद्यार्थी तथा अभिभावकहरूमा विशेष उत्साह देखिएको थियो। आग्सु गरमपानी आञ्चलिक समितिले आगामी दिनमा पनि शिक्षा, समाज तथा विद्यार्थी हितका कार्यक्रमहरूलाई निरन्तर अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरेको छ।

प्रतिवेदक: रुक्मिणी शर्मा- सांस्कृतिक सचिव, गरमपानि आञ्चलिक समिति।

📤 Share this story
Scroll to Top