
चिराङ,१० मइ: हिमाली आञ्चलिक समितिको बर्धीत कार्यकारिणी सभा सभापति लगायत समितिका पदाधिकारी, कार्यकारिणी सदस्य तथा प्रतिनिधिहरूको उपस्थितिमा भव्य रूपमा सम्पन्न भएको छ। सभामा संगठनको वर्तमान अवस्था, आगामी कार्यदिशा, संगठन सुदृढीकरण, भावी नेतृत्व निर्माण तथा प्रतिनिधिसभासम्बन्धी विभिन्न महत्वपूर्ण विषयहरूमा विस्तृत छलफल गरिएको थियो।
सभामा सहभागी सदस्यहरूले संगठनलाई अझ सक्रिय, व्यवस्थित र प्रभावकारी बनाउने विषयमा आ-आफ्नो महत्वपूर्ण सुझाव तथा धारणा राखेका थिए। साथै, संगठनको हित, एकता र संविधानसम्मत प्रक्रियालाई प्राथमिकतामा राखेर आगामी दिनहरूमा अघि बढ्ने प्रतिबद्धता व्यक्त गरिएको थियो।
सभालाई आपसी समझदारी, सकारात्मक बहस र संगठनप्रतिको जिम्मेवारीबोधको उदाहरणको रूपमा हेरिएको छ। अन्त्यमा सभापतिद्वारा सम्पूर्ण उपस्थित सदस्यहरूलाई धन्यवाद ज्ञापन गर्दै संगठनलाई अझ बलियो र गतिशील बनाउन सबैको निरन्तर सहयोग आवश्यक रहेको उल्लेख गरिएको थियो।
प्रतिवेदक: इश्वर दाहाल- सभापति, हिमाली(चिराङ)आञ्चलिक समिति ।