All Assam Gorkha Students' Union

All Assam Gorkha Students’ Union

” Unity | Education | Empowerment ” 

📰 AAGSU e-Bulletin
Issue #30
May 14, 2026

HSLC परीक्षामा उत्कृष्ट सफलता हासिल गरेका नेहाल क्षेत्रीलाई आग्सु सेरेन सिमेन आञ्चलिक समितिद्वारा सम्मान

📅 May 14, 2026
✍️ AAGSU
🕒 12:06 AM

सेरेन सिमेन, १३ मेः अखिल असम गोर्खा छात्र संघ (आग्सु) सेरेन सिमेन आञ्चलिक समितिद्वारा सन् २०२६ को HSLC परीक्षामा ७१ प्रतिशत अंक प्राप्त गरी सफलतापूर्वक उत्तीर्ण भएका प्रतिभाशाली विद्यार्थी नेहाल क्षेत्रीलाई विशेष सम्मान तथा बधाई ज्ञापन गरिएको छ। उक्त सम्मान कार्यक्रम विद्यार्थीहरूको शैक्षिक उपलब्धिलाई प्रोत्साहन गर्ने उद्देश्यले सम्पन्न गरिएको हो।

कार्यक्रममा उपस्थित पदाधिकारीहरूले नेहाल क्षेत्रीको मेहनत, लगनशीलता तथा अनुशासनको प्रशंसा गर्दै यस सफलताले सम्पूर्ण क्षेत्रका विद्यार्थीहरूलाई प्रेरणा प्रदान गरेको बताएका थिए। कार्यक्रममा बोल्दै आग्सु सेरेन सिमेन आञ्चलिक समितिका सभापति दिल बहादुर क्षेत्रीले विद्यार्थीहरूको शैक्षिक उन्नतिमा संगठन सधैँ प्रतिबद्ध रहेको उल्लेख गर्दै सफल विद्यार्थीहरूलाई सम्मान गर्नु संगठनको दायित्व भएको बताए। उनले नेहाल क्षेत्रीले आगामी दिनहरूमा अझ उच्च सफलता हासिल गरी समाज र समुदायको नाम उज्ज्वल बनाउने विश्वास व्यक्त गरे।

त्यसैगरी समितिका सचिव मोहन बिकेले विद्यार्थीहरूलाई शिक्षा नै जीवनको सबैभन्दा महत्वपूर्ण आधार भएको उल्लेख गर्दै निरन्तर मेहनत र सकारात्मक सोचका साथ अघि बढ्न आग्रह गरे। शिक्षा सचिव ओमप्रकाश क्षेत्रीले विद्यार्थीहरूको प्रतिभा पहिचान गरी उनीहरूलाई प्रोत्साहन गर्नु अत्यन्त आवश्यक रहेको धारणा राख्दै आगामी वर्षहरूमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिइने बताए।

कार्यक्रममा स्वयंसेवक प्रमुख सञ्जय राई तथा धेमाजी जिल्ला समितिका संगठन सचिव गणेश थापाको समेत उपस्थिति रहेको थियो। उपस्थित पदाधिकारीहरूले नेहाल क्षेत्रीलाई खादा तथा शुभकामना प्रदान गर्दै उहाँको उज्ज्वल भविष्यको कामना गरेका थिए।

उक्त सम्मान कार्यक्रममा स्थानीय अभिभावक तथा विद्यार्थीहरूको पनि उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रमको अन्त्यमा नेहाल क्षेत्रीलाई आगामी शैक्षिक यात्राका लागि शुभकामना व्यक्त गर्दै अझ धेरै सफलता प्राप्त गरून् भन्ने कामना गरिएको थियो।

प्रतिवेदक: दिल बहादुर छेत्री-सभापति, सेरेन सिमेन आञ्चलिक समिति ।

📤 Share this story
Scroll to Top