All Assam Gorkha Students' Union

All Assam Gorkha Students’ Union

” Unity | Education | Empowerment ” 

📰 AAGSU e-Bulletin
Issue #34
June 11, 2026

आग्सु चिराङ जिल्ला समितिद्वारा विशेष अभिनन्दन तथा अनुप्रेरणा कार्यक्रम सम्पन्न

📅 June 11, 2026
✍️ AAGSU
🕒 12:05 AM

चिराङ, ७ जुन २०२६ : अखिल असम गोर्खा छात्र संघ (आग्सु) चिराङ जिल्ला समितिको आयोजनामा तथा आञ्चलिक समितिको सहयोगमा चिराङ जिल्लास्थित सोना होटलमा विशेष अभिनन्दन तथा अनुप्रेरणा कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।

जिल्ला समितिका सभापति निश्चल गिरीको सभापतित्वमा सम्पन्न कार्यक्रममा मूल सचिव कृष्ण सुवेदीले कार्यक्रम सञ्चालन गर्नुभएको थियो। कार्यक्रममा मुख्य अतिथिको रूपमा बीटीसी क्षेत्रीय समितिका सभापति रोहित कुमार दाहाल, निर्दिष्ट वक्ताको रूपमा मूल सचिव राजु सुवेदी, उपसभापति प्रकाश दाहाल, सहसचिव नारायण भट्टराई, सांगठनिक सचिव अमल कार्की, जीवन पाठक, साहित्य सचिव कृष्ण पौडेल, मेघाजिन सचिव ऋषिकेश अधिकारी, वित्त सचिव मनिराज क्षेत्री, आग्सु केन्द्रीय समितिका स्वास्थ्य सचिव अमृत खड्का, कोक्राझार जिल्ला समितिका सभापति आइता घिसिङ, नेपाली साहित्य सभाका सचिव घनश्याम निरौला तथा असम गोर्खा सम्मेलनका मूल सचिव प्रियराज शर्मालगायत विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।
कार्यक्रमका मुख्य अनुपेरक वक्ताका रूपमा प्राग्ज्योतिष कलेजका अध्यापक डा. अमित कुमार प्रधान उपस्थित हुनुहुन्थ्यो भने बंगाईगाउँ जिल्लाका निरीक्षण लेखापरीक्षक,
जिल्ला प्रारम्भिक शिक्षा अधिकारी (एपीएससी) कुणाल सुब्बाको पनि विशेष उपस्थिति रहेको थियो।
चारवटै अञ्चलिक समितिका सभापति, मूल सचिव तथा विभिन्न पदाधिकारीहरू, जिल्ला समितिका सम्पूर्ण पदाधिकारीहरू, कृति छात्र–छात्राहरू, अभिभावकहरू तथा आग्सुप्रेमीहरूको उल्लेखनीय सहभागिताबीच कार्यक्रम सम्पन्न भएको थियो। कार्यक्रमको मुख्य आकर्षणका रूपमा १०० भन्दा बढी कृति छात्र–छात्राहरूलाई सम्मानपत्रसहित सम्वर्द्धना गरिएको थियो। साथै विद्यार्थीहरूलाई शैक्षिक, सामाजिक तथा नैतिक क्षेत्रमा उत्कृष्टता हासिल गर्न प्रेरित गर्ने उद्देश्यले अनुप्रेरणा कार्यक्रम समेत सञ्चालन गरिएको थियो। उत्साह, प्रेरणा तथा सौहार्दपूर्ण वातावरणमा सम्पन्न उक्त कार्यक्रमले विद्यार्थीहरूमा थप हौसला र आत्मविश्वास जगाएको आयोजक समितिले जनाएको छ।

प्रतिवेदक : श्री नवीन थापा, सभापति, आग्सु सुनगाभा आञ्चलिक समिति।

📤 Share this story
Scroll to Top