
बरमा: १४ जुन २०२६: अखिल असम गोर्खा छात्र संघ (आग्सु) केन्द्रीय समितिको १८औँ केन्द्रीय प्रतिनिधि सभालाई मध्यनजर गर्दै बिटिसी क्षेत्रीय समितिको एक विशेष सभा सभापति श्री रोहित कुमार दाहालको सभापतित्वमा सम्पन्न भयो।
सभामा आगामी १८औँ द्विवार्षिक केन्द्रीय अधिवेशनलाई सफलतापूर्वक सम्पन्न गराउन बिटिसी क्षेत्रीय समितिको भूमिका तथा जिम्मेवारीबारे विस्तृत छलफल साथै आगामी कार्यकालका लागि बिटिसी क्षेत्रबाट केन्द्रीय समितिको मूल पदमा प्रतिद्वन्दिता अघिबढाउने विषयमा समेत गम्भीर विचार-विमर्श सम्पन्न भयो।
विशेष सभाले सर्वसम्मत रूपमा आगामी केन्द्रीय समितिमा बिटिसी क्षेत्रीय समितिबाट मूल सचिव पदमा उम्मेदवारी प्रस्तुत गर्दै प्रतिद्वन्दिता अघिबढाउने प्रस्ताव पारित गरेको छ।
उक्त सभामा केन्द्रीय समितिका भारप्राप्त सभापति श्री सञ्जीव चौहान, सांगठनिक सचिव श्री दुर्गा बस्नेत, सांस्कृतिक सचिव श्री त्रिदेव विष्ट, स्वास्थ्य सचिव श्री अमृत खड्का, बिटिसी क्षेत्रअन्तर्गतका पाँचवटै जिल्ला समितिका सभापति तथा मूल सचिवहरू, साथै क्षेत्रीय समितिका पदाधिकारी एवं नेतृवृन्दहरूको गरिमामय उपस्थिति रहेको थियो।
सभामा सहभागी सबैले संगठनलाई अझ सुदृढ र प्रभावकारी बनाउँदै विद्यार्थी हित तथा सामुदायिक उत्थानका पक्षमा निरन्तर सक्रिय रहने प्रतिबद्धता व्यक्त गरेका थिए।
प्रतिवेदक : श्री सञ्जय छेत्री, मुल सचिव, आग्सु, टङला आञ्चलिक समिति।